अजरबैजानले युद्धविराम तोडेको अर्मेनियाको आरोप !

एजेन्सी । अर्मेनिया र अजरबैजानबीच दोस्रो युद्धविराम भएलगत्तै अजरबैजानमाथि युद्धविराम उल्लंघनको आरोप लागेको छ । दुई देशबीच दोस्रो युद्धविराम भएको केही मिनेटमै अर्मेनियाले अजरवैजानबीच युद्धविराम उल्लघंन गरेको आरोप लगाएको हो ।

अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार युद्धविराम भएको ४ मिनेटमा अजरवैजानले रकेट तथा गोली बर्षाएको आरोप लगाएको छ । अजरवैजानले भने यसबारे केही बोलेको छैन् । २१ दिन लामो युद्धपछि अर्मेनिया र अजरवैजान दोस्रो पटक नागोर्नो काराबाख़ क्षेत्रमा युद्धविरामका लागि तयार भएका थिए ।

स्थानीय समयअनुसार दुवै देश शनिबार मध्यरातबाट युद्धविरामका लागि तयार भएका थिए । यो भन्दा अघि पनि दुई देशबीच युद्धविराम भएको थियो । जुन एक दिन नबित्दै टुटेको थियो । युद्धविराम भएको घोषणा गरिए पनि दुवै देशका सेनाबीच झडप भइरहेको छ ।