‘हिजोका माओवादीहरू झर्ला र खाउँला भन्दै ओलीको चरणमा लम्पसार छन्’

काठमाडाैँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले माओवादी प्रधानमन्त्री ओलीको चरणमा लम्पसार परेको आरोप लगाएका छन् ।

आइतबार बिहान एक ट्वीट गर्दै भट्टराईले प्रधानमन्त्री ओलीले संघियताको मर्मअनुसार काम गर्न नसक्दा समेत माओवादी चुप लागेर बसेको आरोप लगाएका हुन् ।

उनले ओलीले बालुवाटारमा दरबारको झल्को दिने गरी काम गरेको र उनकै आदेशमा वागमती, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशको नामाकरण गरिएको समेत उल्लेख गरेका छन् । प्रदेशको नामाकरणमा उनले यसभन्दा अघि पनि असन्तुष्टि व्यक्त गरेका थिए । उनले त्यति बेला प्रदेशको नाम जातको आधारमा हुनुपर्ने तर्क राखेका थिए ।

‘ओली उवाच-‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो’ ! अर्थात अहिलेको प्रदेश पंचायतकालको अंचल जस्तो मात्रै हो! त्यसैले त वालुवाटार दरबारको आदेशमा वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन्!’ भट्टराई ट्वीटरमा लेख्छन्, ‘तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार!’ ।

पछिल्लो समय बूढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको र त्यो रकम नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँडेर खाएको भट्टराईले आरोप लगाएपछि उनी धेरै चर्चामा छन् ।