विश्वमा एकैदिन अहिलेसम्मकै धरै तीन लाख ९२ हजारमा कोरोना संक्रमण !

एजेन्सी । बितेको २४ घण्टामा विश्वमा ३ लाख ९२ हजार ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन ३ लाख ९२ हजार ४७१ जनामा कोरोना पुष्टि भएको यो अहिलेससम्मकै सबैभन्दा धेरै हो ।

यसअघि हिजो विश्वमा ३ लाख ८८ हजार १६७ कोरोना संक्रमित थपिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९९९ लाख ५६ हजार ३२५ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख १४ हजार ६११ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ११६ संक्रमितको मृत्यु भएको छ । विश्वभर कोरोनाबाट निको हुनेको संख्या २ करोड ९८ लाख ८४ हजार ७८७ पुगेको वल्र्डमिटरर्सको तथ्यांकमा उल्लेख छ ।