आज भिक्टोरियामा लकडाउन खुकुलो बनाउने घोषणा हुँदै, २४ घण्टामा जम्मा २ संक्रमित भेटिए

मेलबर्न, अष्ट्रेलया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा मात्र २ नयाँ कारोना संक्रमित भेटिएका छन् । भोलि अक्टोबर १९ तारिखबाट लकडाउनलाई खुकुलो बनाउने तयारीमा रहेको बेला लगातार कोरोना संक्रमितको संख्या कम भइरहेको छ । यससँगै १४ दिनको सरदर दैनिक कोरोना संक्रमण दर ७ दशमलब ५ पुगेको छ । यद्यपि, श्रोत नखुलेको कोरोना संक्रमण गएको १४ दिनमा १५ वटा छ ।

यसैबीच, कडा लकडाउनमा रहेका भिक्टोरियावासीले आज खुशीको खबर प्राप्त गर्नेछन् । विगत १०० दिनभन्दा बढीदेखि कडा लकडाउनमा बसेका भिक्टोरियावासीले केही समय कफ्र्यूको समेत सामना गर्नुपरेको थियो । अन्ततः सुखद परिणाम आएपछि सोमबार १९ अक्टोबरदेखि लागू हुनेगरी केही प्रावधानहरु परिवर्तन हुँदैछन् । प्रिमियर डेनियन एन्ड्रयूले आज यस सम्बन्धी घोषणा गर्नेछन् ।