वामदेवका सुरक्षाकर्मी र सवारी चालकलाई कोरोना संक्रमण !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी चालकलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार उनीहरूमा कोरोना पुष्टि भएको हो । गौतमका सहयोगी विश्वमणि सुवेदीले केही सुरक्षाकर्मी र सवारी चालकमा कोरोना देखिएको बताएका छन् ।

सुरक्षाकर्मी र सवारी चालकमा कोरोना देखिएपछि सम्पूर्ण भेटघाट बन्द गरिएको सुवेदीले बताएका छन् । उनका अुनसार उपाध्यक्ष गौतम, उनको परिवार र सचिवालय सदस्यहरूको रिपोर्ट भने नेगेटिभ आएको सुवेदीले जानकारी गराएका छन् ।