आईपीएलमा बैंगलोर सात विकेटले विजयी !

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थानलाई ७ विकेटले हराएको छ । बेंगलोरको यो छैटौं जित हो र १२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

बेंगलोरका लागि एबी डि भिल्लियर्सले २२ बलमा ५५ रन बनाए र नटआउट रहे । उनले १ चौका र ६ छक्का प्रहार गरे । कप्तान विराट कोहलीले ३२ बलमा ४३ रन बनाए । खेलमा राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने क्रमलाई कायम राख्यो ।

यसक्रममा २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो । यसमा कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यानको भूमिका आएका रोबिन उथप्पाले २२ बलमा ४१ रन बनाए । क्रिस मोरिसले २६ रनमा चार विकेट लिए ।

जितसँगै बैंगलोरले ९ खेलबाट १२ अंक जोडेको छ । मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको समान १२ अंक भए पनि रनरेटका आधरमा बैंगलोर तेस्रो स्थानमा छ । मुम्बई र दिल्लीले एक खेल कम खेलेका छन् । ९ खेलबाट ६ अंक जोडेको राजस्थान सातौं स्थानमा छ ।