अभिनेत्री कंगना रनौतविरुद्ध मुद्दा दर्ता गर्न अदालतको आदेश !

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुद्धा दर्ता गर्न अदालतले आदेश दिएको छ । उनीमाथि मुम्बईको बान्द्रा कोर्टले केस दर्ता गर्न अर्डर दिएको हो । बलिउडमा हिन्दू र मुस्लिमको नाममा विभाजित बयान दिएको आरोप लागेको छ ।

पिटशिनर साहिल अशरफ अली सैयदको अर्जीमा कोर्टले आज उनीमाथि केस दर्ता गर्न आदेश दिएको हो । चार दिनअघि मात्रै उनीविरुद्ध कर्नाटकमा एफआइआर दर्ता भएको थियो । उनीमाथि मानहानिको आरोप लागेको छ ।