रचना रिमाल र वसन्त सापकोटाको स्वरमा ‘माया झ्यालैमा’ सार्वजनिक

काठमाडाैँ । रचना रिमाल र वसन्त सापकोटाको आवाजमा ‘माया झ्यालैमा’ बोलको गीत सार्वजनिक भएको छ । गायक तथा संगीतकार वसन्त सापकोटाको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द रचना तथा संगीत पनि वसन्त सापकोटा कै रहेको छ । मिस्कसिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ ।

गीतको भिडियोमा शृष्टि खड्का र सुधिर श्रेष्ठलाई फिचर गरिएको छ ।

भिडियोको निर्देशन निशान काश्यप (घिमिरे)ले गरेका छन् भने सम्पादन पनि काश्यपले नै गरेका छन् । भिडियोको छायाँकन ज्ञानेन्द्र शर्माले गरेका हुन् ।