वीरगञ्जको अपार्टमेन्टमा प्रहरीको छापा, २३ किलो सुन बरामद

पर्सा । पर्सामा प्रहरीले २३ किलो सुन बरामद गरेको छ । वीरगन्जको गणेश अपार्टमेन्टमा छापा मारी २३ किलो सुन बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिका ६ विर्तामा लुकाएर राखिएको अवस्थामा सुन बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले दिएको जानकारी अनुसार सुनसँग सम्बन्धित व्यक्ति पक्राउ परेका छैनन् ।

२२ किलो सुन बिस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ । सुन कस्को हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको पन्तले जानकारी दिएकी छिन् ।