दशैंमा श्रोता दर्शकलाई गायक आनन्द कार्कीको यस्तो उपहार

काठमाडौं ।

चर्चित गायक आनन्द कार्कीले हिन्दुहरुको महान चाड बडा दशैँको अवसर पारेर जय जय दुर्गे माँ भजन सार्वजनिक गरेका छन् । यस म्युजिक भिडियोमा माता दुर्गाका विभिन्न रुपलाई प्रस्तुत गरिएको छ । भजनमा गायक कार्कीलाई गायिका निशा देशारले साथ दिएकी छिन् । भुपेन्द्र रायमाझिको संगीत रहेको भजनमा शब्द शिला पन्तको छ भने आनन्द कार्की अफिसल युटुब च्यानलबाट सार्वजनिक गरेएको हो । गजलको भिडियोको निर्देशन समेत गायक आनन्द कार्की आफैंले गरेका छन् ।

बडा दशैँको अबसरमा निकालिएको भजनलाई दर्शक र स्रोताहरुले कतिको रुचाउने छन् त्यो भने हेर्न बाँकी छ । यस्तो छ गायक आनन्द कार्कीको दशैं भजन