पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैँको टीका नलगाइदिने

काठमाडाैँ । यो वर्षको दशैंमा पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलाउने भएको उनको सचिवालयले जानकारी दिएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण पूर्व राजा शाहले सर्वसाधारणलाई टीका नलगाउने सुचना प्रकाशन गरि जानकारी दिइएको हो ।

अघिल्ला वर्षका दशैँहरूमा पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउन सर्वसाधारणको ठूलो घुइँचो लाग्थ्यो ।

त्यस्तै, महाअष्टमीको दिन उनी कुनै मन्दिरमा दर्शनका लागि नजाने समेत जानकारी दिइएको छ ।