पर्थमा सन्चालित हार्मोनी कप सम्पन्न, यी हुन् विजेताहरु, भोली पुरस्कार बितरण !

पर्थ, अष्ट्रेलिया ।

गत सप्ताहन्तमा पश्चिम अष्ट्रेलियाको पर्थमा सन्चालन भएको ‘एनआरएनए डब्लु ए हार्मोनी कप २०२०’ भब्यताता साथ सम्पन्न भएको छ। प्रतियोगिता सम्पन्न भए सँगै बिभिन्न बिधाका बिजयी खेलाडी तथा समुहहरु समेत चुनिएका छन । गैर आवासिय नेपाली संघ पश्चिम अष्ट्रेलिया राज्य समन्वय परिषदको आयोजनामा दुई दिनसम्म पर्थमा सन्चालित उक्त प्रतियोगितामा फुट्बल, भलिबल, क्रीकेट, टेबल टेनिश, ब्याड्मिन्टन, लाउन टेनिश र ५ किमी दौड गरी कुल ७ खेल समावेश गरिएका थिए। दोश्रो पटक पर्थमा आयोजित उक्त हार्मोनी कप पर्थका बिभिन्न सात स्थान खेलाइएको थियो ।

हर्मोनी कपको उद्घाटन गएको शनिबार १० अक्टोबरका दिन पर्थको बर्जुड पार्कमा गरिएको थियो। उद्घाटन समारोह सकिए लगतै सोही स्थानबाट ५ किमीदौड प्रतियोगिता शुरु भएको थियो।हार्मोनी कप प्रतियोगितामा ब्यक्तीगत र सामुहिक गरी पर्थका २०० भन्दा बढी खेलाडीहरुले सहभागीता जनाएको एनआरएनए डब्लु एका सम्योजक कृष्णमान श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता सोचेको भन्दा पनि बढी सफल रहेको जिकिर गर्दै उनले पर्थका सम्पूर्ण खेलप्रेमी नेपालीहरुलाई पुन: एक पटक सामुहिक रुपमा आफुहरुले जोड्न सफल रहेकोमा खुशी ब्यक्त गरे।

फुट्बल :

फुट्बल खेलको खुल्ला समुह तर्फ नेप्लिज युनाईटेड फुट्बल क्लब बियजी बन्न सफल भयो। सोही समुह अन्तर्गत नमस्ते फुट्बल क्लबले दोश्रो र गुर्खाज बोयज क्लबले तेश्रो स्थान हासिल गर्न सफल रहे । खुल्ला समुहमा पर्थका ४ क्लबहरु सहभागी थिए जस्मा नेप्लिज युनाईटेड, गुर्खाज बोयज, सनडे फुट्सल र नमस्ते फुट्बल क्लब रहेका थिए।त्यस्तै ३५ बर्ष माथि उमेर समुहमा भाषा पाठशाला ब्लु टिम बिजयी र भाषा पाठशाला रेड टिम उप-बिजयी बन्न सफल भए। फुट्बल खेल १० र ११ अक्टोबरका दिन बेल्मोन्ट स्पोर्टस एन्ड रिक्रीएशन क्लब ग्राउन्डमा सन्चालन गरिएको थियो।

क्रीकेट :

क्रीकेट खेल तर्फ, पर्थ नेपाल क्रीकेट क्लब बियजी भएको छ। पर्थ ब्लास्टर्ज क्रीकेट क्लबले प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल रह्यो । पर्थका ६ क्लबहरु नेपाली वारीयर्स, वेष्टर्न नेप्लिज, पर्थ ब्लास्टर्ज, पर्थ गुर्खाज, नेप्पर्थ र पर्थ नेपाल क्रीकेट क्लबले हार्मोनी कपमा सहभागीता जनाएका थिए। क्रीकेट खेल १० र ११ अक्टोबरका दिन भिक्टोरिया पार्कको राफेल पार्कमा सन्चालन गरिएको थियो।

भलिबल:

आइतबार बेल्मोन्ट ओएसिस लिजर सेन्टरमा सन्चालित भलिबल खेलमा टेस्टी मोमो समुह पहिलो हुन सफल भयो। हिमाली गुर्खाज समुहले दोश्रो र युनाईटेड ब्रदर्सले तेश्रो स्थान हासिल गर्‍यो। भलिबल खेलमा पर्थका ५ समुह हिमाली गुर्खाज, डटलेस, टेस्टी मोमो, युनाईटेड ब्रदर्स र टिम रोयलले सहभागी थिए।

लाउन टेनिस :

१० अक्टोबर शनिबारका दिन बेजवाटर टेनिस क्लबमा सन्चालित लाउन टेनिस खेलमा सन्जिब ढकाल बिजेता र अमर शर्मा उप-बिजेता बन्न सफल भए। लाउन टेनिस खेलमा एकल समुह तर्फ पर्थका २४ जना खेलाडीहरुले सहभागीता जनाएका थिए।

टेबल टेनिस :

टेबल टेनिस खेल अन्तर्गत पर्थका अजेश महर्जन बिजयी भएका छन। त्यस्तै अमर शर्माले दोश्रो र सन्जिब ढकालले तेश्रो स्थान हासिल गरे। टेबल टेनिस खेलमा खुल्ला समुह र ३५ बर्ष माथि उमेर समुह गरी दुइ समुहमा इम्बल्टन स्थित पर्थ टेबल टेनिस हल(द ल्याब)मा खेल सन्चालन गरिएको थियो।

५ किमी दौड :

५ किमी दौड खेल तर्फ खुल्ला समुह, ३५ बर्ष माथि उमेर समुह र महिला समुह गरी कुल तीन समुहमा प्रतियोगिता सन्चालन गरिएको थियो । खुल्ला समुह तर्फको दौड प्रतियोगितामा श्याम डुंगाना पहिलो हुन सफल भए। त्यस्तै मनोज बस्नेत दोश्रो र शिशिर लामिछाने तेश्रो स्थान हासिल गरे।३५ बर्ष माथि उमेर समुह अन्तर्गतको दौडमा टेक मगर पहिलो, एदु चापागाइ दोश्रो र मनोज खरेल तेश्रो हुन सफल भए । महिला समुह अन्तर्गतको दौडमा भने सबिता बस्नेत पहिलो, निशा पाठक दोश्रो र रक्षा बस्नेत तेश्रो हुन सफल भए । दौड प्रतियोगिता १० अक्टोबर शनिबारका दिन बर्जुड पार्कमा सन्चालन गरिएको थियो.ब्याड्मिन्टन

ब्याडमिन्टन खेल :

११ अक्टोबर आइतबारका दिन बेलमोन्ट ओएसिस लिजर सेन्टरमा सन्चालन गरिएको थियो। यस खेल अन्तर्गत एकल समुह तर्फ सुदिप सापकोटा पहिलो, सचिन भण्डारी दोश्रो र सुरज सापकोटा तेश्रो हुन सफल भए । डबल समुह तर्फको खेलमा भने निरज क्षेत्री र सौरभ शर्मा पहिलो, सुदिप सापकोटा र कमल छन्त्याल दोश्रो र सुरज सापकोटा र सचिन भण्डारी तेश्रो हुन सफल भए।

सम्पूर्ण बिजयी खेलाडी तथा समुहलाई १८ अक्टोबरमा पर्थमा गाला डिनरको आयोजना गरी मेडल, प्रमाणपत्रतथा पुरस्कार बितरण गरिने कार्यक्रम रहेको एनआरएनए डब्लु एका सचिब दिपक बस्नेतले जानकारी दिए। गाला डिनर यही आउदो १८ अक्टोबर आइतबार दिन म्याडिङ्टन स्थित सर्बिअन कम्युनिटी हलमा आयोजना हुँदैछ।