भिक्टोरिया अपडेट: २४ घण्टामा १ जना मात्र नयाँ संक्रमित भेटियो

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा एकजना मात्र कोरोना संक्रमित फेला परेको छ । कोरोना भाईरसको संक्रमण फैलिन नदिनका लागि कडा लकडाउन गरेको भिक्टोरियाले यसलाई खुकुलो बनाउने सर्तका रुपमा दैनिक सरदर संक्रमणदर ५ वा त्योभन्दा कम बनाउने बताएको थियो । तर, विगतमा दैनिक १० वा त्यसभन्दा माथि कोरोना संक्रमित दैनिक भएका कारण आईतबारबाट खुकुलो बनाउने भनिएको लकडाउन अन्योलमा थियो ।

यसअघि हिजो जम्मा २ जना नयाँ कोरोना संक्रमित भेटिएका थिए । यससँगै दुई साताको सरदर दैनिक संक्रमणदर ८ दशमलब १ पुगेको छ ।