सपना : गजल

फुल्नु पर्छ जरुर, झर्नु हुन्न सपना ।
व्यर्थ बन्छ जीवन, मर्नु हुन्न सपना ।।

जीवनसँग हुन्छ, सपनाको मूल्य ।
स्वार्थसँग लिलाम, गर्नुहुन्न सपना ।।

फेरिदिन्छ संसार, सपनाको बाटो ।
यात्राबाट ओजेल, पर्नु हुन्न सपना ।।

बडुवाल कपिल सिजापति, अछाम

सपना : सुन्दर भविष्यको आसा वा कल्पना