देशभर ४३ सय ९२ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा १६ हजार ५३१ जनाको पिसिआर परीक्षण गरिएकोमा ४३९२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या १ लाख २६ हजार १३७ पुगेको छ ।