न्यूजिल्याण्डबाट आएका १४ जना मेलबर्न एयरपोर्टबाट पक्राउ

मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलिया र न्यूजिल्याण्डबीच ७ महिनापछि सुरु भएको एकतर्फी उडानमार्फत आएका १४ जना यात्रु मेलबर्न घुस्न खोजको भन्दै प्रहरी नियन्त्रणमा पुगेका छन् । न्यूजिल्याण्डबाट सिड्नी आएका उनीहरुले मेलबर्नको कनेक्टींग फ्लाईट लिएर यसतर्फ आएका थिए ।

मेलबर्नले कुनैपनि अन्तर्राष्ट्रिय यात्रुलाई आउन रोक लगाएको अवस्था छ । एविसीका अनुसार न्यूजिल्याण्डबाट सिड्नीमा आउँदा कुनै क्वारेन्टाईनमा बस्नु नपर्ने प्रावधानका साथ आएका उनीहरु न्यूसाउथवेल्स र नर्दन टेरेटोरीमा मात्र जान पाउने थिए ।