नेपाली सेनाले बनाउन लागेको सडकको अर्थमन्त्रीबाट उद्घाटन


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????अर्थमन्त्री डा. रामशरण महतले नेपाली सेनाद्वारा निर्माण गर्न लागिएको मैलुङ–स्याफ्रुबेंसी सडकको आज एक कार्यक्रमका बीच स्याफ्रुको छोकालमा शिलान्यास गर्नुभएको छ । सो अवसरमा मन्त्री डा महतले चीनको सीमा नाका जोड्ने मैलुङ–स्याफ्रु खण्डको सडक निर्माणपछि सडक मार्ग सहज भएपछि त्रिशुली नदी किनारमा छ सातवटा जलविद्युत् आयोजनाको निर्माण भई देशको बढ्दो विद्युत्भार कटौती अन्त्य हुनुको साथै देशको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दोहोरो सवारी चल्ने गरी निर्माण गर्न लागिएको सो सडकका लागि यथेष्ट बजेट, साधन स्रोत सरकारले उपलब्ध गराउनेछ भन्नुभयो । सो सडक निर्माणपछि राजधानीको व्यापार मात्र नभई ग्रामीण किसानले उत्पादन गरेको कृषि उपज अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सकिने भएकाले व्यावसायिक खेतीमा लाग्न स्थानीयवासीलाई मन्त्री महतले आग्रहसमेत गर्नुभयो । मैलुङ–स्याफ्रुबेंसीसम्मको १८ किमी दूरीमध्ये सरकारले सात किमी सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको र यस आर्थिक वर्षमा २ दशमलब ७ किमी सडकको ट्र्याक खोलिने लक्ष्य राखी आजैदेखि सडक निर्माणको कार्य अगाडि बढाइएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरिने दृढ सङ्कल्पका साथ कार्य अगाडि बढाइएको निर्माणमा कार्यरत प्राविधिक सेनानी सञ्जय केसीले जानकारी दिनुभयो । मैलुङदेखि हाकु क्षेत्रसम्म २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनाले ११ किमी सडक निर्माणको क्रम अगाडि बढाई पाँच किमी ट्र्याक खोलिसकेको छ भने नेपाली सेनाले स्याफ्रुबाट निर्माण कार्य अगाडि बढाउँदा यसै आर्थिक वर्षमा सडकको ट्र्याक जोडिनसक्ने देखिन्छ । नदी किनारबाट निर्माण हुने मैलुङ हाकु स्याफ्रुबेंसी सडक निर्माण सम्पन्न भएपछि बेत्रावती स्याफ्रुबेंसीको दूरी ३२ किमी मात्र कायम हुनेछ । शिलान्यास कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति गौरबशम्शेर जबरा, रसुवा र  नुवाकोट जिल्लाका सभासद्हरु जनार्दन ढकाल, छोवाङ तेन्जेन तामाङ, बहादुरसिंह लामा सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]