आइतबार हमजाएगाको सिड्नी प्रदर्शन, सिड्नीकी नायिका ऋचा उत्साही


Humjayegaहमजाएगा भन्नेवित्तिकै यो त हिन्दी फिल्म हो कि भन्ने धेरैलाई लाग्न सक्छ। तर, हमजाएगा पूर्वतिर र मुख्यत दार्जलिंगमा चर्चित रहेको एउटा कमेडी क्यारेक्टर हो। उनी स्थानीयलाई हाँसी हाँसी थकाउने क्षमता राख्दथे। यही यसैकारण चलचित्र हाँस्यप्रधान भएको कुरामा दुईमत छैन । मुनाल फिल्मको ब्यानरमा नेपाली कथानक चलचित्र हमजाएगा अब सिड्नीमा प्रदर्शन हुने भएको छ। यसको सुरुवात फेब्रुअरी ८ मा ईभेन्ट सिनेमा हर्षभिलमा प्रदर्शन हुने भएको छ । चलचित्रका लेखक निर्देशक सुरेन्द्र पुनका अनुसार यस चलचित्रमा विल्सन विक्रम राई, बाबु बोगटी, ऋचा धिताल ,मनोज आरसी, पार्वती राई, लगायतको मुख्य अभिनय छ । सुरन्द्र पुन सिड्नी निवासी हुन्। पदमलाल श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा योगेन्द्र श्रेष्ठको द्धन्द, अर्जुन जि।सी। को सम्पादन रहेको छ । कमल राईको करियोग्राफी रहेको चलचित्रलाई टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रूपमा निर्माण गरेका हुन् । अष्ट्रेलियावासी नेपालीहरुको लगानीमा निर्माण भएको चलचित्र भन्दा फरक नपर्ने यस चलचित्रमा नायिकाको रुपमा ऋचा धितालले भूमिका निर्वाह गरेकी छिन् । धिताल मिस नेपाल अष्ट्रेलिया २०११ का बिजेता हुन् भने चिनारी नेपालको अध्यक्ष। चलचित्रको विषयमा नायिका ऋचा धिताल उत्साही छिन्। एमएनटीभीसँगको कुराकानीमा उनले भनिन्, चलचित्र एकैछिन पनि दिक्क लाग्ने छैन । हाँस्दा हाँस्दै चलचित्र सकिन्छ । नेपाली दर्शकहरुको अपार साथ पाएपछि अहिले यो सिड्नीमा प्रदर्शन हुन लागेको छ । यहाँ अझ बढी साथ र सहयोग हामीले पाउने अपेक्षा गरेका छौं । यसलाई अष्ट्रेलियामा बस्ने नेपालीले बनाएको चलचित्र भन्दा फरक नपर्ने ऋचाको भनाई छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]