खुकुरी प्रहार गरी श्रीमतीको हत्या !

झापा । झापामा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । शनिबार पौने ६ बजे कमल गाँउपालिका–२ त्रिवेणी चौक बस्ने २४ वर्षीया रिता थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक राकेश थापाले जानकारी दिए ।

घरायसी विवाद हुदाँ ३४ वर्षीय श्रीमान रामजी थापाले श्रीमती रितामाथि खुकुरी प्रहार गरेका थिए । खुकुरीले घाँटीमा लाग्दा रिताको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले श्रीमान रामजीलाई नियन्त्रणमा लिएको डिएसपी राकेश थापाले जानकारी दिए।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।