विदेशिनु रहर कि बाध्यता ?

विहान उठेदेखि आमाको त्यै गनगन सुरु भइहाल्थ्यो । फलानाका छोरा,सगै पढ़ेका साथीहरू कॉ कॉ पुगीसके, विदेश गएर कत्रा कत्रा घर ठड्याई सके, तँसँगै पढेको प्रबिनेले दुबई गएर आफ्नी आमालाई शरीरभरी सुनै सुनले झपक्कै पारेको छ । तँ भने न काम सघाउँछस् । दिनभरी मलसाँप्रो सुते जस्तो सुत्या छ, अल्छीको राजा, बुवाले कमाको खा छ हल्लेर हिड्याछ । तैले केही नगर्ने भईस । जिउ तन्काउँदै थप्थे म ।बिहे गर्दिनु नि त……ससुरालीले सुनै सुनले भर्दिन्छन तपाईलाई…… कति सुन सुन भनेर मरिहत्ते गर्या होला कति लाउनु त्या भन्दा सुन घॉटी चुडिएला…… रिसाउँदै चिच्याउनु हुन्थ्यो आमा… रहर छ नि छोराले किन्देको सुन लगार छिमेकीलाई देखाएर छोराले विदेसबाट ल्याईदेको भन्न…अब के बोल्नु म कोठातिर लागे…

बा आमाको दिनैपिछेका झटारो खेप्दा खेप्दा वाक्क भएको थिएँ । साथी प्रविनले घर आको छु भेटौ भनेर बोलाएको थियो ।उसंग आफुलाई पनि बिदेश जाने रहर छ भने। ऊ त भन्दै थियो जानलाई पटक्कै भन्दिन यार आफ्नो देश भनेको आफ्नो देश हो … आफ्ना आमा बुवा लगायत सपरिवार संगै बसेर चाडबाड मनाऊन कति रमाईलो हुन्छ… फेरी तेरो घरमा के को खाँचों छ र तँ बिदेश जाने कुरा गर्छस् तेरो जस्तो भाको भए म त यहि रमाऊथे आफ्नै बारीको कमाई खाएर आमाबा संगै बस्थे यार…

बिदेश भनेर मरिहत्ते नगर… जानेलाई थाहा हुन्छ कति पीडा हुन्छ भनेर…अर्काको भनाई खाई खाई बस्नु पर्छ… बिरामी हुँदा तातोपानी दिने कोहीहुन्न …आफ्नो परिवार, ईस्ट मित्र, चाडबाड सबकुरा त्याग गर्नु पर्छ मेरो चाडबाड रोएरै जान्छ बालापन संम्झेर आमा बा संग यस्तरी मनाईन्थ्यो उस्तरी मनाईन्थ्यो भनेर साथीहरू लाई सुनाऊदै बस्छु अनि थाकेका आखॉ लिएर मनलाई जबरदस्ती कठोर बनाएर ड्युटी जान बाहेक अरू ऊपाय छैन ।

अब यति थाहा हुँदाहुँदै पनि त जान्छु भन्छस भने मैले कुरा गर्दिउला… अकमक्क परे के भनौ खै जाने रहर त मेरो पनि कहाँ हो र घरमा करकर गरेर बसीखानु भएन… अब एकचोटी गएर बा आमाको रहर पुरा गरीदिन्छु… म मेरै कम्पनिको लागि भनिदिन्छु । सँगै काम गरौला चिन्ता नगर…

जाने तरखर त गरे तर मनै देखी बिदेश जाने रहरै छैन…आमा बा त कुरा सुनेर खुसी ले भुईमा खुट्टा थिएन जो घरमा आएपनि सुनाएर हैरानै पार्नु हुन्थ्यो… साथी प्रविनकै पहलमा कतारको लागी उडे म न हर्ष न बिस्मात अक्कल बिक्कल भएको थियो …धनी परिवारको छोरो त होईन म तर खाड़ी मुलुकमै जानुपर्ने बाध्यता पनि थिएन । देखासिखीले निम्त्याएको परिस्थिति मेरो… राम्रो देश जाने हैसियत पनि थिएन साँच्ची भन्ने हो भने अमेरीका, अष्ट्रेलिया गएर पढेर आफ्नै देश फर्किएर केही गर्ने मन नभएको भने होईन, तर त्यो पनि गर्न सक्ने अवस्था छैन… गाउँघरमा सम्पति भनेकै जग्गा जमिन हो अब अलिकति भएको जमिन बेचेर आमा बालाई रुवाएर जाने आँट पनि गर्न सकिन्न…

ठिकै छ जे भएपनि अनुभव पनि हुने अलिकति पैसा कमाएर आफ्नै देश फर्किएर पनि केही गर्न सकिने सोचेर कतार छिरेको आज ५ बर्ष भएछ… अलिअलि पैसा त कमाइयों तर घर फर्किन मन छैन अझै केही बर्ष दुख गर्न मन छ… लोभले लाभ लाभ ले बिलाप भने झै… हरेक चोटी फोनमा कुरा हुँदा आमा एउटै गनगन गरेर रुनु हुन्छ… यतिका बर्ष भयो भो आईज न चाडबाड हासेर मनाऊन पाइयों न संगै बस्न पाइयों, यो पैसा भनेको केही हैन रछ कान्छा आईज तेरो न्यास्य्रो लागेर पिरले म देख्न नपाई जान्छु जस्तो भयो… आईज एउटी राम्री केटी खोजेर तेरो बिहे गर्न पाए… मर्नुअघि नाति नातीना खेलाऊन पाईन्थ्यो की ?

फिस्स रुन्चे हासों हाँसी दिन्छु म के भनेर जवाफ दिउँ मेरी आमालाई…?