जन्मघर

गाउँको बिचमा रहेको मेरो जन्मघर, वरीपरी ढुगांको गारो अनि बिचमा तगारो लगाएको थियो त्यही तगारो उघारेर हामी घरका लगायत गाउँभरीका आऊने जानेको हिड्ने बाटो थियो मेरो घरको आँगन… त्यही आँगनको छेउछेउमा थिए एकातिर मतानघर अर्का तिर मुलघर… ९० सालको भुईचालोले गाउँभरीका घरहरू तहसनहस हुादा ति घरहरुलाई हल्लाउन सकेन रे भन्नु हुन्थ्यो आमा… दुबै घरका विशेषता नै बेग्लै छन् । झ्याल ढोकाहरु काठ कुँदेर बनाइएका, मतानतलाको सिरानमा गाई भैसीको लागी पराल राख्ने गरेको थियो । बिचको तलामा चुलो अगेनो अनि बस्ने माटाको ढिस्कोबाट बनाईएका दुईओटा खाट थिए… अनी आमाले आफैले बनाएका गुन्द्री र गजेरा ओछ्याईएका थिए । त्यसको बाहिरपट्टी सानो चिटिक्क परेको बार्दली…

कैले काही ठेकीबाट दही झिकेर आमाले देख्नुहोला भनेर बार्दलीमा लुकेर खान्थ्यौ दाजु र म…तल्लो तलामा एकातिर धान कुट्ने ढिकी थियो कोठा ठुलो भएकाले आमाले एकापट्टी दाऊरा राख्ने बनाऊनु भएको थियो… अर्को साईडमा बाख्रा बस्ने खोर थियो… पैलेपैले जमानामा हजुरबुवा मुखीया हुनुहुन्थ्यो रे अनि कसैलाई सजाय दिनु पर्दा त्यै खोरमा थुन्ने गरेको थियो रे एकदमै विशेष किसीमले बनाएको थियो…

हुनत हजुरबुवा म जन्मिनुभन्दा धेरै पहिले स्वर्गवास हुनुभएको थियो …संगै भएको भए पक्कै पनि सोध्ने थिए यी सबै कुराको बारेमा तर अपसोच म केही गर्न सक्दीनथ्ये… अरुले भनेको पत्याऊन बाहेक…मुलघरको बाहीर देब्रे पट्टी ठूलो खाट जहां मान्छे हरू आऊदा बस्ने पनि गर्थ्ये अनी स्कुल बिदा भएको दिन घाम लागेको बेला घाम ताप्दै सुत्ने गर्थ्यौ हामी । देब्रे पट्टी अग्लो सानो तर लामो खाट बस्न एकदमै सजिलो माथीपट्टी ठुलो काठको खोपी थियो … पढीसकेर किताब राख्ने ठाउँ कैले दाजुले कैले मैले पालै पालो किताब राख्थ्यौ नत्र त झगडानै पर्थ्यो त्यसैले आमाले पालो बनाईदिनु भएको थियो…

त्यै सानो खाटको मुनि मकै पिस्ने जॉतो थियो ढुगांको ठूलो… घरको वरीपरी पर्खाल, तगारोको दाया पट्टी तुलसीको मोठ अनि वरीपरी फुलैफुलको सानो चिटीक्क फुलवारी, त्यसो त गाउँमा तुलसीको मोठ र फुलबारी सबै घरहरूमा थिए नै तर आफ्नो घरको जती राम्रो अरु कसैको लाग्दैन थियो… घर माथी आल्चा आरुबखडा, ऑप केरा अनि हल्लुवाबेदका लगाएतका रुखहरु… लटरममै फल्थ्ये … रुखबाटै टिपेर खान्थ्यौ हामी । ऑप सारै मन पर्नै मलाई रुखमै चढेर दात कुडीन्जेल खाएपछि बल्ल तल ओर्लीन्थे…घरको तलपट्टी छेऊमा करेसाबारी ,ठुलो स्कुसको लहरा… आरुको रुख भरी छाएको थियो…अनी छेऊमा काक्रो र फर्सी का लहरा पनि ऊतिकै थिए…अनि ऊत्ता पट्टी सुन्तोलाको बोट…सबै फल हरु लगाईएका थिए बारीका डिलभरी अम्बाका रुखहरु…स्कुल नजिकै भएकाले स्कुले हरु अम्बा चोर्न आउँथे । आफुलाई एकदमै गर्व लाग्थ्यो आफ्नो घरमा सबै खाले फलहरु भएकाले…मन नपरेकालाई खान दिन्नथ्ये आमाले तेस्तो गर्नु हुन्न भनेर कराएपछि दिन्थें । सारै ठूलो आँगन थियो, आँगनको एकातिर घोडाको गोठ थियो…पैले पैले हजुरबुवा गोडामै सवारी गर्नु हुन्थ्यो रे …अब घोडा त थिएन तर त्यो घोडा बस्ने गोठ अनि घोडा लाई प्रयोग गर्नै सामान हरु भने अझै थिए…

गाड़ीहरु थिएनन् गाउँ भरीनै …गाड़ी आउने बाटो त म गाउँमा रहुन्जेल कैले आएन…मान्छेहरु धान, चामल, मकै लगायत अन्य सामान बेच्न माथी चतुरे बजार ३/४ घन्टा हिडेर नै पुग्नु पर्थ्यो…ऊसोत माथी लेकबाट सिलाम लिएर सेर्पाहरु तल लेखतिर पनि आउँथे । धान मकै साटेर लान्थ्ये त्यसैले पनि लेक तिर बस्ने र औलमा बस्नेको साटासाटको सम्बन्ध थियो…उनीहरुकोमा पाईने हाम्रो तिर नपाईने अनि तल फल्ने सबैकुरा माथी नपाईने… सिलाम भनेपछि एकदमै मन पर्ने मलाई …

आमालाई भनेर धेरै सिलाम साट्न लाऊथ्ये म…अचार पनि ऊस्तै मिठो बन्थ्यो सिलामको…गॉऊभरीका घरहरू रातोमाटो र कमेरोले पोतिएका थिए।। हरेक बर्ष दसै आऊनु अघि मानिसहरू कमेरो लिन जान्थे । खै कुन भिरबाट ल्याउँथे रे साना केटीकेटीलाई भिरबाट लडिन्छ भनेर जान दिँदैनथे …रातो माटो लिन चै धेरै पर जानु पर्दैनथ्यो …चाडबाडमा सजिएका ति राता अनि सेता घरहरु को रौनक नै बेग्लै हुने… हाम्रै बारीमा हालेको हुन्थ्यो लिग्गे पिंग…हुनत ठाउँठाउँमा हालेका हुन्थ्ये पिगंहरु…टिका लगाईसकेपछि… सरसर हुईईईई गर्दै पिगं फर्किने गरी मच्चाईन्थ्यो साथीभाईसंग…सबै भन्दा सिरानमा थियो घर, बार्दलीबाट खेतबारी पूरै देखिन्थ्यो असार साऊनमा त्यै बारदलीमा बसेर चाम्रे खादै रोपार र बाऊसेले हिलोमा गरेको रमाईलो हेर्थ्यौ हामी…कैले कैले पानी परेको दिन त्यै बारदली मा बसेर हात खुट्टा बाहिर निकालेर पानी संग खेल्थ्ये ,घंन्टौ रमाऊथ्ये म ,दररर परेको पानीमा भिज्न त अझैपनि मन पर्छ मलाई…कैले कैले झरी परेको बेला ऑगनमा नाच्दा नाच्दै पछारिन्थ्ये…तर पनि फेरी पानीपरेको दिन अस्ती लडेको बिर्सेर फेरी ऊसैगरी रमाउथ्यौं ।

तिनै घर वरीपरी तलमाथी कुदेका यादहरु आजपनी ताजै छन… हेर्न मन छ कतै ति घरका रौनकहरु अझै ऊस्तै होलान र ? त्यो घरमाथी को बन … काडाहरुसँग लडाई गर्दै कटुस निकालेर खाईन्थ्यो…म सानै हुदा दिदीले मलाई बोकेर जादा कति पटक लडाउनु हुन्थ्यो रे । अब त त्यो हाम्रो प्यारो साथी जंगल पनि मासिसको होला… अनि त्यो पाग्रे कुकुर आफ्नै संन्तान जस्तो गरेर पालेको थियो…स्याल मार्ने पासोमा परेर मरेको एक महिना सम्म सबै रोएका थियौ…यतिका बर्ष बितीसक्दा, नयाँ नयाँ ठूलाठूला हजारौ घरहरु देखे पनि तिनै घरहरु नै प्यारा लाग्दा रछन… तीनै घर संझेर झरीमा रुझ्न मन लाग्दो रहेछ