फ्रान्सको पत्रिकाले मोहम्मदको फोटो छापेर गल्ती गरेको अफगानी राष्ट्रपतिको ठहर


Afghanistan President Delivers Remarks on 18th Saarc Summitअफगानिस्तानका राष्ट्रपति असरफ घानीले फ्रान्सको चार्ली हेब्डो पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन छापेको विषयले इस्लाम धर्मको अपमान गरेको बताउनुभएको छ । उहाँले उक्त पत्रिकाको सो निर्णय गलत भएको बताउनुभएको हो । उहाँले भन्नुभएको छ– संसारभरका इस्लामहरुको अपमान भएको छ, उक्त पत्रिकाको सो निर्णय गलत थियो । उहाँले प्रकाशन गर्नुभएको विज्ञप्तिमा सो भनाई राखिएको छ । दोस्रो पटक पनि सो पत्रिकाले मोहम्मदको कार्टुन छापेकोले विश्वका विभिन्न देशका मुस्लिम नागरिकले सो घटनाको विरोध गरेका छन् । पत्रिकाको कार्यलाई गैरजिम्मेवारको संज्ञा दिँदै उहाँले प्रकाशन गर्नुभएको विज्ञप्तिमा सम्पूर्ण अफगान नागरिकका तर्फबाट सो कार्टुनको निन्दा गरिएको बताइएको छ । साथै उहाँले सो विज्ञप्तिमा उक्त पत्रिकामा भएको रक्तपातको पनि निन्दा गर्नुभएको छ । उहाँले सो पत्रिकामा हमला गरी पत्रकारको हत्या गर्ने कार्यलाई अमानवीय भनी टिप्पणी गर्नुभएको छ । सो पत्रिकामा गत जनवरी ७ मा आक्रमण गरी इस्लामिक अतिवादीले सो पत्रिकाका सम्पादकसहित १२ जनाको हत्या गरेको थियो । पछि ती हमलाकारी मारिएका छन् । उक्त पत्रिकाको गत बुधबारको अङ्कमा पनि मोहम्मदले आँशु बगाएको कार्टुन छापिएको थियो । सो घटनाको विश्वका मुस्लिमले विरोध गरिरहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]