१ सय ५ दलका १ सय १० नेताले नमानेर संविधान लेखन रोक्न नसकिने एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई


????????????????????????????????????नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै दलले माघ ८ मै संविधान जारी गर्ने सहमति गरेमात्र संविधान आउने बताउनुभएको छ । उहाँले सहमति नभए संविधान केही दिन पर जाने बताउनुभयो । सहमति मै संविधान जारी गर्ने प्रयत्न भइरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “सहमतिमा संविधान जारी गर्ने हामीले प्रयास गरिरहेका छौँ, यसका लागि छलफल भइरहेको छ, तर अब माघ ८ भन्दा केही दिन पर सारेर भएपनि संविधान जारी हुन्छ, संविधान जारी गर्न अब कसैले रोक्न सक्दैन ।” विवादित विषयलाई पछि सहमति गर्ने गरी तत्काललाई सहमति भएका विषय समेटेर संविधान जारी गर्न सकिने बताउँदै उहाँले अन्तरिम संविधानलाई पनि हानिकारक विषयलाई छाडेर अरू संविधान कै रूपमा जारी गर्न पनि सकिने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “सहमति भए माघ ८ मै संविधान जारी गर्न सकिन्छ, नभए केही दिन पछि सार्नुपर्छ, सहमतिका लागि विवादित विषयलाई पछि छलफल गरेर सहमति गर्नेगरी हाललाई थाती राखेर संविधान जारी गरांै, सङ्घीयताको विवादले जनताको अरू मौलिक हक र स्वतन्त्रतालाई नरोकौँ, संविधान जारी गरौं ।” सहमति नभई प्रक्रियाबाट संविधान जारी गरे कार्यान्वयन होला त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले भन्नुभयो, “संविधान बन्न नदिन ३० दलीय मोर्चाबाट ३३ दलीय, ६३ दलीय हुँदै अहिले १०५ दल पु¥याएका छन्, प्रक्रियाबाट जारी भएको संविधान सबैले मान्नेछन्, कार्यान्वयन पनि हुन्छ, नमाने १०५ दलका ११० जनाले नमान्लान्, त्यसले केही फरक पर्दैन ।” मधेसका नाममा केहीले ठेकेदारी गरेर समस्या ल्याएको बताउँदै उहाँले मधेसका जनताले भोट हालेर अत्यधिक सङ्ख्यामा काँग्रेस, एमालेलाई जिताएकाले मधेसको हित हुने निर्णय पनि काँग्रेस, एमालेले नै लिने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]