सरकारले हस्तक्षेप गरेको भन्दै भारतीय सेन्सर बोर्ड प्रमुखले दिए राजीनामा


messagभारतका शक्तिशाली चलचित्र सेन्सर संस्थाका प्रमुखले सरकारले हस्तक्षेप गरेको भनी राजीनामा दिएका छन् । उनले गहना तथा पहिरनका लागि विवादास्पद धर्मगुरुले खेलेको चलचित्रले प्रदर्शनका लागि अनुमति प्राप्त गरेको भनी राजीनामा दिएको बताइएको छ । केन्द्रीय फिल्म प्रमाणन बोर्डका प्रमुख लीला सामसनले केन्द्रीय सरकारले बोर्डको निर्णयलाई हस्तक्षेप गरेको भनी दाबी गर्नुभएको छ भने उहाँले आफ्ना सहकर्मीमाथि दबाब परेका तथा भ्रष्टाचार भएको आरोप लगाउनुभएको छ । सामसनले विचित्र चलचित्र ‘एमएसजी ः द मेसेन्जर अफ गड’ लाई प्रदर्शनका लागि दिइएको स्वीकृतिका विषयमा प्रश्न गर्नुभएको छ । उक्त चलचित्रमा लोकप्रिय धर्मगुरु गुरमित राम रहिम सिंहले भूमिका खेल्नुभएको छ । यी धर्मगुरुमाथि एक हत्याका विषयमा अभियोग लागेको छ । यस प्रवर्धनात्मक चलचित्रमा सिंहले आश्चर्यलाग्दो कार्य गरेको, हजारौँलाई प्रवचन दिएको, अपराधी समूहलाई कुटेको, गायको तथा नाचेको देखाइएको छ । यसले प्रदर्शन निम्त्याउने तथा धार्मिक तनाव बढाउने भनी बोर्डले विरोध जनाएको थियो । पछि यो चलचित्रलाई पुनरावेदन समूहमा पठाइएको थियो र शुक्रबार उक्त समूहले यसको प्रदर्शनलाई स्वीकृति प्रदान गरेको छ । यसो भए पनि विवादका समयमा यसको प्रदर्शन ढिला भएको छ । सामसनले एएफपीलाई इमेलमा पठाउनुभएको विज्ञप्तिमा सूचना तथा सञ्चार मन्त्रालयले नियुक्त गरेका उक्त समूहका सदस्य तथा संस्थाका अधिकारीहरूले हस्तक्षेप गरेको, दबाब दिएको तथा भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ । सूचना तथा प्रसारण सहायकमन्त्री राज्यवर्धन सिंह राठोरले कुनै पनि हस्तक्षेप नगरिएको बताउनुभयो । उहाँले यस विषयमा अन्तिम निर्णय चलचित्र प्रमाणन पुनरावेदन न्यायाधीकरणले गर्ने बताउनुभयो । उहाँले सरकार सेन्सर बोर्डको सबै निर्णयबाट पृथक भएको बताउँदै उनीहरू स्वतन्त्र संस्था भएको र उनीहरूले आफू स्वतन्त्र भएको व्यवहार गर्नुपर्ने बताउनुभयो । यसैगरी अर्का सदस्य इरा भास्करले पनि शुक्रबार राजीनामा दिने जानकारी दिँदै बोर्डलाई कोषको अभाव भएको र राम्रोसँग काम गर्न नदिइएको बताउनुभयो । उहाँले टाइम्सल नाउ नामक समाचार च्यानललाई आफूहरू त्यहाँ बस्नुको कुनै कारण नभएको बताउनुभयो । सेन्सर बोर्डका अर्का सदस्य नन्दिनी सर्देसाइले एनडीटीभीलाई उक्त चलचित्रलाई हतारमा प्रदर्शनको अनुमति दिइएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफूहरू आठजनाले उक्त चलचित्र सार्वजनिक प्रदर्शनका लागि उपयुक्त नभएको निर्णय गरेको र यस्ता चलचित्रलाई प्रदर्शनका लागि अनुुमति दिन पुनरावेदन न्यायाधीकरणले १५ देखि ३० दिन लगाउनेमा यस चलचित्रलाई २४ घण्टामै अनुमति दिइएको बताउनुभयो । भारतको चलचित्र सेन्सर संस्थाले धार्मिक आक्रमण हुनसक्ने आशङ्कामा चलचित्र प्रदर्शनमा रोक लगाउने, तथा केही भाग हटाउने गरेको छ । शुक्रबार पञ्जावको उत्तरी भागमा यस चलचित्रको विरोधमा छिटपुट प्रदर्शन भएको थियो । धर्मगुरुका समर्थकहरूले सामाजिक सञ्चारलाई अभिव्यक्ति स्वतन्त्रताका लागि आग्रह गरेका छन् । सिंह आफैँले शान्तिका लागि आग्रह गर्नुभएको छ र यस चलचित्रमा कुनै नराम्रो कुरा नभएको बताउनुभयो । सिंहमाथि सन् २००२ मा एक पत्रकारको हत्या गरेको आरोप लगाइएको थियो । साथै उहाँले आफ्ना महिला समर्थकको यौनशोषण गरेको आरोप लगाइएको छ । यी आरोपलाई उहाँले अस्वीकार गर्नुभएको छ । यी ४७ वर्षीय धर्मगुरुले आफ्ना ४०० अनुयायीलाई बन्ध्याकरण गर्न बाध्य पारेको भनी प्रहरीले उहाँमाथि अनुसन्धान गरिरहेको छ । यी धर्मगुरु हरियाणास्थित डेरा सच्चा सौदा नामक संस्थाका प्रमुख हुनुहुन्छ । यस संस्थाले आफूलाई सामाज कल्याण तथा आध्यात्मिक संस्था मानेको छ र यसको भारत तथा विदेशमा दशौँ लाखौँ अनुयायी भएको दाबी गरेको छ । यस समूहको वेबसाइटले यस चलचित्रले सामाजिक जागरण ल्याउने लक्ष्य लिएको उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]