गर्भवति महिलालाई कुटपिट गर्ने व्यक्तिलाई तीन वर्षको जेल सजाय

गर्भवती महिलालाई कुटपिट गरेको आरोमा एक जनालाई ती वर्षको जेल सजाय दिइने भएको छ । अस्ट्रेलियामा गर्भवति महिलालाई इस्लामिक (धार्मिक) आधारमा दुव्र्यवहार गरेको आरोपमा उनलाई उक्त सजाय सुनाइएको हो । गत वर्षको नोभेम्बरमा ३२ वर्षिया राना एलास्मरलाई ४४ वर्षिय स्टिप लोजिनाले सिड्नीमा दुर्व्यवहार गरेका थिए । त्यतिबेला एलास्मर ३८ हप्ताकी गर्भवति थिइन् । उक्त समयमा एलास्मर क्याफेमा साथिहरूसँग थिइन् । सोही बेला लोजिना पैसा माग्दै उनीहरूको टेबलमा पुगेका थिए ।

एलास्मरले पैसा दिन इन्कार गरेपछि उनि धार्मिक पूर्वाग्रहका साथ उनीमाथि दुर्व्यहवार गरेको भन्दै उनीमाथि सुनुवाई भएको छ । उनले एलास्मरलाई मुक्का प्रहार गर्नुअघि ’तिमीहरूले मेरो आमालाई बर्बाद गर्याै’ भनेको वकिलहरूले उल्लेख गरेका छन् ।

लोजिनाले एलास्मरको शीर पछाडीको भागमा १४ पटक प्रहार गरेको बताइएको छ । लोजिनालाई क्याफेका अरू ग्राहकहरूले एलास्मरमाथि प्रहार गर्नबाट छुटाएका थिए ।

उक्त व्यहारको भिडियो सिसि क्यामेरमा कैद भएको थियो । यो भिडियोले अस्टे«लियामा आक्रोशको अवस्था निम्त्याएको थियो ।

अदालती प्रकृयामा सामेल भएका न्यायाधीश क्रिस्टोफर क्रागीले यसघटनालाई अस्वस्थ मानिसबाट भएको “दुष्ट र घृणित“ आक्रमण भनेर वर्णन गरेका छन् । ’उक्त हमलाले पीडित र उनको नजम्मिएको बच्चा दुबैलाई ज्यादै गम्भीर क्षति पुर्याभउने सम्भावना थियो ’ क्रिस्टोफरले भनेका छन् ।

त्यस्तै पीडित महिला एलास्मरले धार्मिक आस्थाका कारण नै आक्रमणमा परिरहेको अदालतमा बताएकी छिन् । आक्रमण भएको दिन कसैले नरोकेको भए आफ्नो मृत्यु समेत गुनासो गरेकी छिन् । उक्त आक्रमणबाट भएको ३ हप्तापछि उनले बच्चालाई जन्म दिएकी थिइन् ।

आक्रमण गर्ने लोजिनाको मानसिक अवस्था सामान्य रूपमा बिग्रिएको नै रहेको पनि उल्लेख गरिएको छ ।