पीडित परिवार भेट्न जादाँ राहुल र प्रियंका गान्धी पक्राउ !

उत्तर प्रदेशमा सामूहिक बलात्कारका कारण मृत्यु भएकी दलित युवतीको परिवारलाई भेट्न जाने क्रममा भारतीय विपक्षी दल कांग्रेस आइका नेता राहुल गान्धी र प्रियंका गान्धी वाड्रा पक्राउ परेका छन् । गान्धीद्वय पीडितको परिवार भेट्न हाथरस जान खोज्दै थिए ।

उत्तर प्रदेशको हाथरसमा एक साताअघि सामूहिक बलात्कारमा परेकी १९ वर्षिया युवतीको मृत्यु भएको थियो । उनको शव त्यहाँको सरकारले मध्यरातिमा जलाएको भन्दै विरोध भइरहेको छ ।

राहुलले आफू पीडित परिवारलाई भेट्न एक्लै जान तयार रहेको र भिड गर्दिन भन्दा भन्दै आफूमाथि अभद्र व्यवहार गरिएको बताएका छन् । राहुलको टोलीलाई लाठीचार्ज गर्नुका साथै प्रहरीले उनलाई धकेलेर लडाएको थियो । ग्रेटर नोएडामा रोकिएपछि पैदलै जान लागेका उनलाई यमुना एक्सप्रेस–वे नजिकै पक्राउ गरिएको हो ।