हिरासतमै एक महिला मृत फेला !

रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ । हिरासतमा रहेका ति महिला आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महिला सेलका सुरक्षाकर्मिले आज बिहान उनलाइ मृत अवस्थामा फेला पारेको थियो । उनलाइ बुधबार साँझ वडाअध्यक्षको रोहवरमा प्रहरीको जिम्मा लगाईएको थियो ।

महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताएका छन् ।