पोखरेलका सम्धी कोइरालाले लिए सपथ, बैंकको अध्यक्ष बन्ने पक्का !

बैंकको अध्यक्ष चयन नगरे सञ्चालक समिति सदस्य नबस्ने कोइराला घुर्क्याइ !
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा डा. उपेन्द्र कोइरालाले बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मा समक्ष कोइरालाले सपथ लिएका हुन् ।

बैंक स्रोतका अनुसार अब बस्ने सञ्चालक समिति बैठकले कोइरालालाई अध्यक्ष चयन गर्नेछ । तर उनले आफूलाई अध्यक्ष चयन नगरे सञ्चालक समिति सदस्य पनि नबस्ने भन्दै घुर्क्याएका बैंक स्रोत बताउँछ । उनले सपथ लिएपछि अब अध्यक्ष बन्ने पक्का भएको स्रोतको भनाइ छ ।