नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण !

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण भएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण पुष्टि भएको क्यानले बताएको छ ।

संक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको क्यानले जनाएको छ । यस्तै उनीहरुको सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न क्यानले आग्रह गरेको छ । चन्द र प्याकुरेल पछिल्लो हप्ता चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकमा सहभागी भएर फर्किएका थिए ।