सिंचाई विभागका सिडिइ शर्माविरुद्ध ३ करोड भ्रष्टाचारको मुद्दा !

जलस्रोत तथा सिंचाई विभाग ललितपुरका सिडिइ सुरेश कुमार शर्माविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्यिार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार शर्माले ३ करोड ६ लाख ५४ हजार नौ सय ३२ रुपैयाँ अवैध रुपमा आर्जन गरेको गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०५२ माघ १८ गते अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्माले आर्थिक वर्ष २०७६\७७ सम्मको आर्जन गरेको मध्ये तीन करोड ६ रुपैयाँको स्रोत नखुलेको जानकारी दिए ।

आयोगले उनकी श्रीमती बबिता फुयाल शर्माविरुद्ध पनि मुद्दा दायर गरेको छ । आयोगको अनुसन्धानबाट शर्माले सरकारी सेवामा रहँदा २ करोड ३५ लाख ३१ हजार ६ सय ७४ रुपैयाँ वधै आम्दानी गरेका छन् ।