किरण, बाबुराम र विप्लवजी मूलघारतिरै फर्केने विषयमा सोच्नु, देश र जनताको हितमा हुन्छः अध्यक्ष प्रचण्ड !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी केन्द्रबाट पुटेर अलग भएका डा‍. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई छलफलमा आउन आग्रह गरेका छन् ।

बिहीबार विप्लव र अन्य पार्टीका नेताहरुलाई धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेस गराउँदै अध्यक्ष प्रचण्डले मूलधारमा फर्कने विषयमा सोच्न आग्रह गरेका हुन् ।

‘किरणजी, बाबुराममजी र विप्लवजी पनि मूलघारतिरै फर्केने विषयमा सोच्नु देश र जनताको हितमा हुन्छ, जे छन् विवादहरु हामी सबै सँगै बसौँ, छलफल गरौँ र एउटा विधि प्रक्रियामा गएर निर्णय गरौँ’, प्रचण्डले भने, ‘किनकि हामी कुनै पुँजीवादी दुनियाँ निर्माण गर्दै छैनौँ, हामी कुनै साम्राज्यवादी, एकाधिकारवादी होइनौँ, हामी समाजवादी आन्दोलनको तयारीमा छौँ।’

अध्यक्ष प्रभण्डले कम्युनिस्ट पार्टीमा बहस र छलफल निरन्तर भइरहने बताए ।