युट्युब टेन्ड्रिङमा टेक बिसीको ‘झम्क्या बुलाकी’

काठमाडाै । टेक बिसीको गीत ‘झम्क्या बुलाकी’ले युट्युबको टेन्ड्रिङमा स्थान पाएको छ । गीत सार्वजनिक भएको दोश्रो दिन अर्थात् ४८ घण्टामा नै ५ लाख ४९ हजारभन्दा धेरै भ्युज सहित गीत युट्युब ट्रेन्डिङको १२ नम्बरमा पर्न सफल भएको हो ।

भीम बिसीको शब्दमा नेपाल आइडल सिजन–२ की रनरअप अस्मिता अधिकारी र टेक बिसीले स्वर भरेका छन् । त्यस्तै गीतको एरेन्जरको भूमिका उदय राज पाण्डेले निभाएका छन् ।

गीतको भिडियोमा हास्यकलाकार बुद्धि तामाङ तथा सुधिर श्रेष्ठ, श्रेया निराैला, डिमोन क्षेत्री, उषा उप्रेती, विशाल रेग्मी तथा समीक्षा बस्नेत लगायत कलाकारहरू रहेका छन् ।

भिडियोको कोरोयोग्राफी राजिव शर्माले गरेका छन् भने निर्देशन तथा सम्पादनको काम नितिन चन्दले गरेका छन् ।