शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने सरकारको निर्णय, अमेरिका र बेलायतको राजदूत पनि सिफारिश

काठमाडौं ।

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत सिफारिश गरेको छ ।

यस्तै मीन्त्रपरिषद्को बैठकले मन्त्रीस्तरीय सुविधा पाउने गरी हालै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरेका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको लागि नेपाली राजदूत नियुक्त गरेको छ ।

सरकारले नियुक्तिको निर्णय गरेपछि अब उनीहरुको संसदीय सुनवाई हुने भएको छ । संसदीय सुनवाईबाट सरकारको निर्णय अनुमोदन भए त्यसपछि एग्रिमोका लागि प्रक्रिया अघि बढ्नेछ ।

वैरागीले परराष्ट्र मन्त्रालयमा सचिवका रुपमा काम गर्नुअघि संयुक्त राष्ट्रसंघका लागि आवासीय प्रतिनिधि तथा जेनेभाका लागि स्थायी प्रतिनिध (राजदूत) का रुपमा काम गरिसकेका छन् । त्यस्तै उनलेले अष्ट्रेलियाको दूतावासमा उपप्रमुख भएर पनि काम गरेका थिए ।