दुई सशस्त्र प्रहरी जवानविरुद्ध बलात्कारको आरोपमा उजुरी !

कैलालीको श्रीलंका पोस्टमा कार्यरत दुई सशस्त्र प्रहरी जवानविरुद्ध बलात्कार र यौन दुर्व्यवहार आरोपमा उजुरी परेको छ  । १९ वर्षीया युवतीका ससुरा र १४ वर्षीयाकी आमाले दुवै जवानविरुद्ध इलाका प्रहरी कार्यालय राजापुरमा बुधबार जाहेरी दर्ता गराएका हुन् ।

भदौ १५ गते बिहान कर्णाली नदीमा माछा मारेर फर्कंदा १९ वर्षीया युवतीमाथि बलात्कार र उनकी बहिनीमाथि जबरजस्ती करणी उद्योग दाबीसहित उजुरी परेको डीएसपी मीन घलेले बताए ।राजापुर–४, फत्तेपुरस्थित नर्सरीमा उनीहरूलाई बलात्कार र यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ ।