भारतमा फेरि ह्वात्तै बढे कोरोना संक्रमित !

कोरोना भाइरसका कारण अहिले विश्वमा १० लाख १८ हजार ७३२ जनाको मृत्यु भएको छ भने ३ करोड ४१ लाख ५३ हजार ७५ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड ५४ लाख २४ हजार ८४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६५ हजार ८७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ९८ हजार ७०८ जनाको मृत्यु भएको छ भने ६३ लाख १० हजार २६७ जना कोरोना संक्रमित रहेका छन् । त्यस्तै ३२ लाख ७० हजार ७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ४१ हजार ५५२ जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा बुधवार मात्रै ८६ हजार७४८ जना संक्रमित थपिएका छन् भने १ हजार १७९ जनाको मृत्यु भएको छ ।