मेलबर्नका बासिन्दा लकडाउन छिटो खुकुलो गर्नुपर्ने पक्षमा

मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियाका बासिन्दाहरुले लकडाउनलाई खुकुलो पार्नुपर्ने धारणा राखेका छन् । अझै तीन सातासम्म स्टेज ३ लकडाउनलाई निरन्तरता दिने र ५ किलोमिटरको दायरा कायमै राख्ने डेनियल एन्ड्रयू सरकारको निर्णयलाई यसले गम्भीर असर गर्ने देखिएको छ ।

रोय मोर्गन स्नाप एसएमएस सर्भेका अनुसार ५६ प्रतिशत सर्भेका सहभागीहरुले मेलबर्नका होटल, रेष्टुरेन्ट, क्लब र क्याफेहरुमा ग्राहकलाई भौतिकदूरी कायम गर्नेगरी जान दिइनुपर्ने उत्तर दिएका छन् । यो तीन साता अघि यही कम्पनीले गरेको सर्भेभन्दा १९ प्रतिशत बढी हो । यस्तै ६१ प्रतिशतभन्दा बढीले ५ किलोमिटरको दायरा राख्न नहुने बताएका छन् । अहिले मेलबर्नमा आफ्नो बसोबास भएको क्षेत्रबाट ५ किलोमिटर क्षेत्रफलमा मात्रै अत्यावश्यक सामग्री कन्न, व्यायाम गर्न हिंडडुल गर्न पाईन्छ । यस्तै ५९ प्रतिशतले आफ्नो नजिकका आफन्तहरुको घरमा जान पाउनुपर्ने पनि बताएका छन् ।

सर्भेहरुले जेसुकै भएपनि संसदमै यस विषयमा मतान्तर भएमा एन्ड्रयू नेतृत्वको वर्तमान सरकारको पक्षमा ५१ दमलब ५ प्रतिशत समर्थन रहेको छ । यसैकारण जनमतले निर्देशक गर्नेभएपनि एन्ड्रयू सरकारलाई बाध्य बनाउन भने नसक्ने अवस्था देखिन्छ ।