भारतमा परिवारको अनुमति बिना बलात्कृत युवतीको शव प्रहरीद्वारा अन्त्येष्टि

एजेन्सी । भारतको उत्तरप्रदेशस्थित हत्रासमा सामुहिक बलात्कारपछि मृत्यु भएकी युवतीको शव प्रहरीले परिवारको अनुमति बिना जलाएको आरोप लागेको छ । मृतक युवतीका परिवारले प्रहरीमाथि यो आरोप लगाएका हुन् ।

उत्तर प्रदेशमा १९ वर्षीया युवतिलाई चार जनाले सामुहिक बलात्कार गरेको र उक्त घटना भएको २ हप्तापछि पीडित युवतिको मृत्यु भएको बताइएको छ ।

बलात्कार पछि गम्भीर अवस्थामा पुगेकी ती युवतीलाई दिल्लीको अस्पतलामा लगिएको थियो । यद्यपी उनको सफल उपचार हुन सकेन ।

प्रहरीले परिवारको अनुमतिबिना शवको दाहसंस्कार गरेकोबारे उत्तर प्रदेशमा विरोध सुरू भएको । उक्त विरोधमा संलग्न भएकाहरूले प्रहरीसँग ती युवतिको शव जलाउनुको बारेमा स्पष्टीकरण माग गरेका छन् ।

बलात्कारमा संलग्न भएकाहरू पक्राउ परिसकेको र अदालती सुनुवाई तत्काल सुरू गरिने जानकारी दिइएको छ ।

‘भारतीय प्रहरीले मृतक युवतीको चाँडै दाहसंस्कार गर्न दबाब दिएको थियो’ मृतक युवतीको भाइको भनाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।