बिज बास्केटबल लिगको फाईनल आगामी जनवरी २५ तारिख हुने, विजेतालाई १५ सय डलर


Basketballमाछापुच्छ्रे क्लबले आयोजना गरेको बिज बास्केटबल लिगको सेमिफाईनल खेल आगामी आइतबार हुने भएको छ भने फाईनल खेल जनवरी २५ तारिखका दिन गरिने भएको छ । गत अक्टोबर ५ तारिखदेखि सुरु भएको बास्केटबल लिगका एघार वटा खेल सम्पन्न भइसकेका छन् । प्रत्येक साता म्यारिकभिल स्थित पिसीवाईसी क्लबमा खेलाइएका खेलमा उत्कृष्ट चार टिम सेमिफाईनल भिडन्तका लागि तयार भएका छन् । यस प्रतियोगितामा प्रथम हुने टिमले १५ सय डलर पुरस्कारस्वरुप प्राप्त गर्नेछ । अहिलेसम्मको खेलमा ६ खेलमा अविजित रहँदै बिज बजर्स १८ अंकका साथ पहिलो नम्बरमा छ भने वारियर्स पाँच खेलमा विजयी बन्दै १५ अंक बटुल्न सफल भएको छ । यसैगरी क्लब काठमाडौं ६ खेलमध्ये ४ खेलमा विजयी बनेर १२ अंकका साथ तेस्रोमा र नाया टिम ६ खेलमा ३ खेल जित्दै ९ अंकका साथ चौथो नम्बरमा छ । यसैगरी पाँचौं छैठो र सातौंमा क्रमशः ओसनिया रेन्जर्स, ओएसिस सुटर्स र मिक्स ११ रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]