प्रतिघण्टा ९० करोड कमाउँदै मुकेश अम्बानी

एजेन्सी । गत ६ महिनादेखि एसिया कै सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले प्रतिघण्टा ९० करोड कमाइरहेका छन् । विभिन्न आर्थिक रिपोर्टहरूले उनको पछिल्लो छ महिनामा कमाइ उल्लेख्य रूपमा बढेको उल्लेख गरेका छन् ।

त्यस्तै भारतीय हुरन इन्डिया तथा आईआईएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडको रिपोर्टमा उनको अहिलेको कुल सम्पत्ति ६.६ लाख करोड रहेको समेत उल्लेख गरिएको छ ।

पछिल्लो ९ वर्षदेखि आईआईएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले भारतका १ हजार करोड भन्दाबढी सम्पत्ति भएका व्यक्तिहरूको सूची प्रकाशन गरिरहेको छ । यस वर्ष अर्थात् २०२० को सुचीमा रिलायन्स कम्पनिका अध्यक्ष अम्बानी पहिलो नम्बरमा परेका छन् ।

सो सूचीको पहिलो नम्बरमा अम्बानी परेको यो लगातार नवाैँ पटक हो ।

आईआईएफएलको रिपोर्ट अनुसार भारतमा ८ सय २८ जना व्यक्तिहरूसँग १ हजार करोड भन्दा बढि सम्पत्ति रहेको छ ।

एसियाका सबैभन्दा धनी तथा विश्वका चाैँथो धनी अम्बानीसँग अहिले ६ लाख ५८ हजार ४ सय करोड कूल सम्पत्ति रहेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।