अमेरिकी राष्ट्रपतीय चुनावको पहिलो बहसमा ट्रम्प र वाईडेनको चर्काचर्की (भिडियोसहित)

आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । त्यसको पूर्वसन्ध्यामा सुरु भएको सार्वजनिक बहसको पहिलो श्रृंखलामा दुबै उम्मेद्वारहरुको फरक पाटो मतदाताले देख्न पाएका छन् । बहस हुने त सबैको अनुमान थियो तर एकअर्कालाई आरोप प्रत्यारोप मात्र होइन प्रत्यक्ष जोकर भन्नेसम्मको अशिष्ठता त्यहाँ देखियो ।
बुधबारको बहसमा ट्रम्पले वाईडेनको बुद्धिमत्ताबारे औंला उठाएका थिए भने वाईडेनले ट्रम्पलाई क्लाउन अर्थात् जोकर भनेका थिए ।

वाईडेन बोलिरहँदा ट्रम्पले बारम्बार उनलाई बोल्नै नदिने प्रयास गरेका थिए भने वाईडेनले यस विषयमा आपत्ति जनाउँदा कार्यक्रम सञ्चालकलाई परिस्थिति सुधार्न हम्मेहम्मे परेको देखिन्थ्यो । खल्तीमा मास्क बोकेर आएका ट्रम्पले आफु जतिबेला पनि मास्क लगाएर नहिंड्ने तर परेको बेलामा मास्क लगाउने दावी गरिरहँदा वाईडेनमाथि ठूलो जुलुस र सार्वजनिक सभा गर्ने हुति नभएको आरोप लगाउन पनि भ्याए ।

वाईडेनले बारम्बार अमेरिकी जनताको स्वास्थ्यप्रति सरकार चिन्तित नभएको, कोरोना भाईरसको संक्रमणलाई अझ प्रभावकारी रुपमा रोक्न सकिने अवस्था हुँदा हुँदै सरकारले त्यसो नगरेको आरोप लगाए । वाईडेनले २०१६ र १७ मा राष्ट्रपतिले कति ट्याक्स तिरेका थिए भनेर प्रश्न गर्दा ट्रम्पले कुनै जवाफ दिन सकेनन् । आफ्नो ४७ महिनामा गएको ४७ वर्षभन्दा बढी काम गरेको दावी ट्रम्पको थियो ।

यस्तो छ बहस –