जापान एयरलायन्समा ‘लेडिज एण्ड जेन्टलम्यान’ भनेर सम्बोधन नगरिने

एजेन्सी । जापान एयरलायन्सका विमानमा अक्टोबरदेखि यात्रुलाई सम्बोधन गर्दा ‘लेडिज एण्ड जेन्टलम्यान’ प्रयोग नगरिने भएको छ । विमानमा यात्रा गर्ने यात्रुहरूलाई लैंगिक समानता दर्शाउनका लागि यो शब्द प्रयोग नगरिने भएको हो ।

‘लेडिज एण्ड जेन्टलम्यान’ भन्ने ठाउँमा ‘अटेन्सन अल प्यासेन्जर’ अथवा ‘एभ्रिवान’ को प्रयोग गरिने भएको जापानको लोकल साइट माइनिचिले उल्लेख गरेको छ ।

जापान एयरलायन्स विश्वमा तटस्ट लैंगिक सम्बोधन अगाल्न प्रयत्नरत मध्ये एक एयरलायन्समा पर्छ ।

यस्तो सम्बोधन अंग्रेजी सम्बोधनमा मात्रै लागु हुने एयरलाइन्सले उल्लेख गरेको छ । जापानको समाचार एजेन्सीले जापानी भाषामा लैंगिक तटस्थ पहिलेदेखि नै रहेको उल्लेख गरेको छ ।

यो एयरलायन्सले क्यानडा र एजीजेटमा गत वर्षबाट नै यस्तो सम्बोधन लागु गरिसकेको छ । जापानी एयरलाइयन्सका प्रवक्ता मार्क मोरिमोतोका अनुसार उनीहरूले लैंगिक आधारमा कुनै प्रकारका विभेद नगर्ने भनेर बाचा गरेका छन् । सोही बाचा पूरा गर्ने गरि यस्तो व्यवस्था लागु गरिने भएको हो ।