विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु !

विराटनगर । विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरंगको जहदाका एक कोरोना संक्रमित पुरूषको बुधबार बिहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्युु भएको हो ।

जहदा ६ का ६३ वर्षीय पुरूषको उपचारका क्रममा मृत्युु भएको अस्पतालले जानकारी दिएको छ । असोज ४ गते संक्रमण देखिएपछि सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

असोज ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भईरहेकोमा बुधबार बिहान ४ वजे मृत्यु भएको डा. सिग्देलले बताए । उनले मृतक बृद्धमा स्वासप्रस्वासमा समस्या देखिएको, मधुमेह र उच्चरक्तचापबाट पीडित रहेको बताए ।