कोभिड-१९ र विज्ञान; समस्या, चुनौती र अवसर

आफू मरेर पनि अरुलाई बचाउने अनि अनिश्चित संसारमा वास्तविक नायकहरू उत्पादन गर्ने कार्य विज्ञानले गर्दै आएको छ । जसको प्रतिफलस्वरुप पैदा भएका तमाम नायकहरुको निकै मिहेनत अनि परिश्रमले संकटको हर घडीको समाधान गर्ने मार्ग पहिचान गर्दछ र समाधान गराउदछ। जुन विज्ञानसामु एक गम्भीर तीव्र श्वासन सिन्ड्रोम कोरोना भाइरस-2 (सार्स-कोभ-२) संक्रामक रोगको रूपमा कोरोना भाइरस रोग-२०१९ (कोभिड-१९) को नामले पहिलो पटक डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भएको विश्वव्यापी महामारीले खराब घटनाहरुको एक विस्तारले वर्षमा लात हान्छ, अनि बाँकी वर्षहरुमा र बाँकी पुस्ताहरुमा समेत यसले गहिरो दाग छोड्छ भन्ने अवस्था देखाएको छ । यो महामारीको अवस्था सन् १९३० को विश्वव्यापी आर्थिक महामन्दी (ग्रेट डिप्रेशन) पछि यही हो ।

यो संकटले अहिलेसम्मकै ठूलो गम्भीर विश्वव्यापी सामाजिक र आर्थिक अवरोध सृजना गरी मानवजगत्को बानी व्यवहार समेत परिवर्तन गरी सिमित तटस्थतामा पुर्याएको छ। समय नै पैसा हो भन्ने वाक्यलाई जीवन पैसा हो भन्नेतर्फ धकेलेको छ ।

त्यो बिरामी मान्छेको गला सुकिसकेको छ ।आँखामा कुनै चमक छैन, बिरामी हाँस्न खोज्दछ तर हाँस्न सक्दैन, बोल्न खोज्छ तर बोल्न पनि सक्दैन । किनकि, ऊ कोरोना सङ्क्रमित हो रे।उसको हाँस्ने, बोल्ने र खुसी महसुस गर्ने सामर्थ्य गुमेको देखिन्छ।उसका नजिक जान या उसको अवस्था-हालखबर बुझ्न समेत निषेध गरिएको छ।उसलाई छुन वर्जित छ । अरुबेला ऊ सामान्य बिरामी पर्दा अस्पताल जानुपरे पुर्याउने र गइसकेपछि उसलाई भेट्न आउनेहरूको लाइन लाग्थ्यो रे तर, यस पटक कोही कसैको अत्तोपत्तो उसले महसुस गर्न समेत पाएन किनकि ऊ कोरोना सङ्क्रमित हो रे । ऊ एकोहोरो हेर्ने भएको छ त केवल उपचारमा संलग्नहरूको आउने बाटोतिर मात्र।उसको ध्यान अनि हेराई पनि एकोहोरो भएको छ । उसका आफन्तहरूसित भेट्न मनाही रहेको छ।उसका आफन्तहरूले उसको जानकारी सहजै माग्न सक्ने वातावरण छैन । जुन मनाहीसहितको उसको र उसको परिवारको श्रव्य, दृश्य या श्रव्य दृश्य जोडफल सहितको मुखाकृति, हाउभाउ मिडियाद्वारा प्रदर्शित दृश्यले गरिने र गरिएको सबैको मुहारमा एउटा अत्यास, अन्योल र भयले सताइरहेको प्रस्ट देखिन्छ । यस्तो विषम परिस्थिति नै हो कोभिड-१९को । यस्तो विषम् परिस्थितिमा पनि आफ्नो छातीलाई विशाल पारी तपाईँ हामी सबैको उद्धारको लागि अहोरात्र खटिएको एक जमात हो तथ्य, प्रमाण अनि तथ्याङ्कको आधारमा कार्य गरिराख्नु भएकाहरुको तमाम वैज्ञानिकहरुको ।

यस असाधारण समयका लागि विज्ञानले प्रतिपादन गरेका विभिन्न असाधारण उपायहरू अवलम्बन गरिए र गरिनु आवश्यक मानियो पनि । लाग्छ, परिस्थितिको पहिचानलाई प्रकृतिले अनुकूलनका रूपमा लिएको हुन्छ किनकि प्रणाली मर्मत-सम्भार र अनुकूलनले सबैतिर चौतर्फी स्थिरता ल्याउन मदत पुर्याउदछ । जुन स्थिरता एउटा अन्योलको बाटोमा पाखण्डी युगसँगै समयको समीकरण गर्दै आस्थाको ओडार खोजेजस्तो अर्थात् बालुवामा पानी थुपारेजस्तै भएको अवस्थामा पनि एक टिम जो हरदिन हररात प्रयत्नशील छ, जसले वर्तमान सङ्कटको अवस्थालाई नजिकबाट नियाल्दै अनि यसका चुनौतीहरूलाई सामना गर्न आफ्नो निरन्तर योगदान, खोज, अनुसन्धान एवं प्रयासलाई जारी राखेका छन्, त्यस्तै उत्तम शिक्षक अनि विद्वानहरू जवाफ दिँदैनन्, उनीहरू आफैँमा उत्तर आफैँलाई खोज्ने इच्छा जगाउँदछन् भन्ने कुरा पुष्टि गर्दै आउनुभएको टिम त्यो हो टिम वर्क र जुन टिममा कार्यरत सबै एक महान वैज्ञानिक एवं विज्ञानका साझेदारहरु हुन् ।

ट्वान्टी ट्वान्टी अर्थात २०२० हालको वर्ष अनि अधिक वर्ष पनि हो।ट्वान्टी ट्वान्टी वर्षलाई विश्व स्वास्थ्य संगठनद्वारा नर्स र सुँडेनी वर्षको रुपमा तोकेको छ । संयुक्त राष्ट्र संघले प्लान्ट स्वास्थ्यको अन्तर्राष्ट्रिय वर्षको रुपमा घोषणा गरेको छ । ध्वनीको लागि अन्तर्राष्ट्रिय आयोगले ध्वनीको अन्तर्राष्ट्रिय वर्षको रुपमा तोकिएको छ भने नेपाल सरकारले यसै वर्ष अर्थात सन् २०२० लाई नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाउने कार्यक्रम विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि त्यसको प्रभावको कारणले भ्रमण वर्षको रुपमा तोकिएका प्रवर्धनात्मक कार्यक्रमहरु हाललाई स्थगित गरिएको छ । यो संकटले अहिलेसम्मकै ठूलो गम्भीर विश्वव्यापी सामाजिक र आर्थिक अवरोध सृजना गरी मानवजगत्को बानी व्यवहार समेत परिवर्तन गरी सिमित तटस्थतामा पुर्याएको छ।
समय नै पैसा हो भन्ने वाक्यलाई जीवन पैसा हो भन्नेतर्फ धकेलेको छ । पानीको कम प्रयोग गरौँ, पानी बचत गरौँ भन्ने वाक्यलाई दिनमा धेरै पटक वा छिनछिनमै हात धुनुहोस् । अल्कोहलको प्रयोग स्वास्थ्यको लागि हानिकारक छ भन्ने वाक्यलाई कम्तिमा पनि ६५ प्रतिशतभन्दा बढी अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्न सिफारिस गरेको अवस्था छ । समाजमा सामाजिक कृयाकलापहरुमा सहभागी हुनु अर्थात् सामाजीकरण राम्रो हो भन्ने वाक्यलाई अहिले सामाजिक नहुनुहोस् भन्नेतर्फ धकेलेको छ । बाल-बच्चाहरुलाई मोबाइल लगायतका इलेक्ट्रोनिक सामानहरुबाट टाढा राख्नुपर्दछ भन्ने वाक्य अहिले शिक्षा अनलाइनको माध्यमबाट सञ्चालन गर्नुपर्दछ भन्नेतर्फ सबैले सुझाव दिएको पाइन्छ । यात्रा तथा हाइकिङ्ग लगायतका घुमफिरजन्य कार्यहरु स्वास्थ्यका लागि हितकारी छन्, सार्वजनिक सवारी साधनहरुको बढी प्रयोग गरौँ भन्ने धारणा अहिले आफ्नै निजी सवारीसाधन प्रयोग गरौं भन्नेतर्फ डोरिएको छ भने अतिथी देवो भव: वाक्यले त झन आफ्नो अस्तित्व गुमाएको जस्तो देखिन्छ ‘कुनै पनि पाहुनाहरुलाई निषेध गरिएको छ’ वाक्यले । यी र यस्तै विविध चलनचल्तिमा आएका महङ्गा एवं महान् वाणीहरुलाई यसले वर्तमान समयमा उल्टोतर्फ घुमाइदिएको छ अर्थात् यस समयको समिकरणले सस्तो एवं कमसल बनाइदिएको छ । यो वर्तमान विश्व अनि विज्ञानसामुको देखा परेको एक गम्भिर समस्या हो ।

समयको स्वच्छता आँउदो दिनमा मानव जीवनको लागि एक उद्दारकर्ताको रुपमा लिनुपर्ने मानिन्छ किनकि एक छोटो समयमा यो कोरोना भाइरसले यतिसम्मको त्रास फैलाउछ भन्ने सायद कल्पना समेत गरेको छैन होला कसैले । कोभिड-19, लकडाउन, स्वाब संकलन, क्वारेन्टिन, होम क्वारेन्टिन, सेल्फ क्वारेन्टिन, आरडिटी टेस्ट, पिसीआर टेस्ट, संक्रमण, आइसोलेसन, स्यानिटाइजर, पिपिइ, के एन् नाइन्टीफाईभ मास्क लगायतका शब्दहरु सबै व्यक्ति, सञ्चार माध्यमहरुमा नसुनिएको दिनै हुदैन अचेल।यी शब्दहरु ट्वान्टी ट्वान्टीको पुस्ता र आउने पछिल्लो पुस्ताले पनि सम्झिने गरी कैद भएका छन् विश्व शब्दकोशमा।यी शब्दकोशबाट मानव मष्तिस्कमा परेको प्रभाव समाधान गर्नु अर्को चुनौती रहेको छ हाम्रो विज्ञानसामु।यही हो दि क्लास अफ ट्वान्टी ट्वान्टीको युग यस युगलाई कुनै फिल्मको ह्याप्पी इन्डिङजस्तै समाधान गर्नु विज्ञान सामुको मुख्य चुनौती रहेको छ।

पर-निर्भरतालाई आत्मनिर्भरतामा बदल्दै लगेको छ अर्थात् दिनभर अर्काको काम गरी बेलुकाको छाक टार्नमा मात्र सिमित कैयौं क्षेत्रका कामदारहरु आफ्नो इलम, पेशा अनि व्यवसायतर्फ आकर्षित हुँदै गइरहेका छन्। दैनिक स्कूल तथा शैक्षिक संस्थाहरुमा प्रत्यक्ष रुपमा उपस्थित भई नै अध्ययन गर्नुपर्दछ भन्ने मान्यता आजकल आत्म-अध्ययन तथा गृह शिक्षणमा परिवर्तन भएको छ, जसले शैक्षिक जगत्मा नयाँ नयाँ खोज अनुसन्धान गरिनुपर्दछ भन्ने पाठ सिकाएको छ।शहर पसेर भुटेको मकैलाई ‘पप कर्न’ भन्ने जमातलाई ‘खाए मकै नत्र भोकै’ भन्ने गाँउतिर नै फर्काएको छ, अनि म त विदेश जान्छु, टन्न कमाउँछु, शहरमा दुई–तीन आना जग्गा किन्छु र बस्छु तर यो गाउँमा त बसिदैन भन्नेहरुलाई झन “आफ्नो गाउँ आफै बनाऔँ” भन्ने नारा कण्ठ छ र उनीहरु सबै अहिले ज्यान जोगाउन गाउँ पसेका छन् यस्तै विविध परिवर्तनहरु लगायतले जनताको जीवनशैलीमा अस्वभाविक परिवर्तन ल्याएको छ यो कोरोना भाइरसले।जुन एक राम्रो अवसर हो कुनै पनि व्यक्तिलाई आत्मनिर्भर बनाउने।यसलाई अवसरको रुपमा सबैले लिनुपर्दछ भन्ने मान्यता स्थापित गराउनमा विज्ञानले अहम भूमिका खेलिरहेको छ र यसलाई परास्त पार्न अझै खेल्नुपर्ने हुन्छ।

यो कोभिड-१९ ले अहिलेसम्मकै मानव जीवनको अत्यन्त अनिश्चितता र बिल्कुल नयाँ आदर्श अनि पुस्ता परिभाषित क्षण झल्काएको छ। आशा राखौं कि हामी विश्वव्यापी ऐक्यवद्धताका साथ सत्यलाई चिन्न सक्ने, क्लाइमेट चेन्ज, इकोलोजिकल चेन्जबारे जानकारी राख्ने, खतरा महसुस गरी व्यवस्थापकीय निर्णय लिन सक्ने एवं निगरानी राख्न सक्ने, तनाव व्यवस्थापनदेखि नैतिक शिक्षा प्रदान गर्ने समस्या वा खाँचोमा परेका व्यक्तिहरुलाई सहयोग पुर्याउने उदारता विकास लगायतका उल्लिखित र यस्तै अन्य प्रकारका सकारात्मक क्रियाकलापहरु गर्नेछौं।जसको लागि हामीसामु आफू मरेर पनि अरुलाई बचाउने विज्ञान छ।यो विज्ञानको यस्तो ऐक्यबद्धताले हामी सबैलाई हामीले छोड्ने एउटा मार्गको रुपमा वा यस समयमा हामीले लिने प्रत्येक निर्णय, गरेका क्रियाकलापहरु, खोज अनि अन्वेषणहरु लगायतले सँधैका लागि चिनाउने भएको छ “दि क्लास अफ ट्वान्टी ट्वान्टी” को रुपमा हामीहरुलाई, जुन भविष्यको इतिहासको रुपमा लेख्न बाँकी नै छ।

यही हो दि क्लास अफ ट्वान्टी ट्वान्टीको युग यस युगलाई कुनै फिल्मको ह्याप्पी इन्डिङजस्तै समाधान गर्नु विज्ञान सामुको मुख्य चुनौती रहेको छ।

यो विषम् घडीमा पनि आफ्नो जीवनलाई जोखिममा राखी कोभिड-19 सँग अग्रणी भाग अर्थात् फ्रन्टलाइनमा रही कार्य गरिरहनुभएका सबै आवश्यक कामदारहरू, उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरू, वैज्ञानिकहरू, शोधकर्ताहरू जो यस महामारीको उपचार फेला पार्न दिनरात प्रयत्नशील हुनुहुन्छ, हुलाककर्मीहरु जसले सही सूचना सम्प्रेषणको कार्य गरिरहनुभएको छ, अस्पताल विकास सहयोग अभियान एवं हेल्प डेस्क कर्मी, रेडक्रस कर्मी, सरसफाइ अभियानको अभियन्ताहरू, सम्पूर्ण सञ्चारजगत सबै सहयोगी सरकारी एवं गैरसरकारी कर्मचारीहरू, कृषि कामदारहरू, दैनिक उपभोग्य वस्तु वितरणकर्ताहरू, सवारी आवागमन व्यवस्थापनदेखि बाटोमा हिँडिरहेका मानिसहरूलाई पानी खुवाइरहेका ट्राफिक प्रहरीहरू, सम्पूर्ण सुरक्षा निकायका कर्मचारीहरू, पैदल यात्रीहरूलाई ड्राइ फुडदेखि जुत्ता-चप्पलको व्यवस्था गरिरहनुभएका सहजकर्ताहरू, कपडा वितरण अभियानका अभियन्ताहरू, क्वारेनटाइन व्यवस्थापकहरू, मानवीय सहयोगार्थ स्थापित विभिन्न अभियानका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संयोजकहरू, सामाजिक अभियन्ताहरू, जनचेतना सम्प्रेषण कर्ताहरू एवं संयोजकहरू, हामी र हाम्रा ढोकासम्म प्रकाशन पुर्याउन प्रतिबद्ध पत्रपत्रिकासँग सम्बद्ध कर्मचारीहरू, अनलाइनहरू जसले समय सान्दर्भिक लेख, रचना एवं आवश्यक जनचेतना/जानकारीहरू सम्प्रेषण गर्दै हुनुहुन्छ, यस्तै लेखकहरू, सबै शिक्षक-शिक्षिकाहरू जसले घरबाट विद्यार्थीहरूलाई आवश्यक पर्ने ज्ञान एवं समय दान दिनुभएको छ, अनि सबै बच्चाहरूका अभिभावकहरू जो अहिले घर शिक्षणमा रहनुभएका छन्, यी लगायत सम्पूर्ण यस्तै खाले जसले यस कठिन समयमा आवश्यक पर्ने सेवाहरू प्रदान कार्य जारी राखेका छन् र सबैलाई आशा दिई अनिश्चितता र डरको समयमा प्रकाश ल्याउनमा क्रियाशील सबै विशाल मन भएका तपाईँ प्रत्येक हिरोहरू वास्तवमा महान् वैज्ञानिक हुनुहुन्छ तपाईहरु सबैलाई प्रेम, सम्मान, कदर र उच्च प्रशंसा पठाउँदै तपाईँहरूको यो बफादार सेवाको लागी भित्री हृदयदेखि नै हार्दिक धन्यवाद। तपाईहरुको यो टिम सर्वश्रेष्ठ कार्य गर्ने अहिले सम्मकै सर्वश्रेष्ठ टिम हुनुपर्छ।हामी सबै सम्मान र सराहनाका साथ तपाईँहरू सबैलाई सलाम गर्दछौँ।

यस्तो संवेदनशील यस परिस्थितिलाई तपाईँ हामी सबैले एउटा रोगको दृष्टिकोणले मात्र नहेरी हरेक दृष्टिकोणले हेर्नुपर्ने बेला आएको छ र गम्भीर सोच बनाउनुपर्दछ।‘हुन्छ’ भन्नुपर्ने कुरा ‘हुँदैन’ र ‘सकिन्छ’ भन्नुपर्ने कुरा ‘सकिँदैन’ समेत भन्नुपर्नेमा रूपान्तरित भएको यस अवस्थामा परिस्थिति र परिवेशलाई आकाश जमिनको फरकको रूपमा लिई, स्वीकार गरी सबैले आ-आफ्नो तर्फबाट आशाको दियोमा तेल थप्न कन्जुसलाई नगरौँ।
यस टिमले प्रमाणित गर्दछ कि, टिमवर्कले सधैँ कठिन समयमा कठिन काम गर्ने गर्दछ’ । कुनै पनि व्यक्तिमा ज्ञान हासिल भएपछि चेतना निर्माण हुन्छ। चेतनाले एक खालको दृष्टिकोण बनाउँदछ। उक्त सबै कुराको संयोगले मानिसमा एक बेग्लै मानसिकताको निर्माण गराउँदछ । ‘त्यो हो आवश्यक परेको खण्डमा तम्तयार हुनु वा रहनु’ अर्थात् जीवनको हरेक दिन आफ्नो बलिदान दिई खाँचोमा परेकाहरूलाई मद्दत पुर्याउनु नै मानवजातिमा भएको बुद्धि एवं विवेकले ज्ञान हासिल गर्नुपर्दछ भन्ने सिकायो।जसले सम्पूर्ण मानव मस्तिष्कमा परिस्थितिको पहिचान र विभिन्न प्रतिकूलताहरूको सामना गर्न सक्ने दृष्टिकोण बनाउन मदत पुर्यायो । असल दृष्टिकोणले कुनै पनि व्यक्तिलाई उसको असल कर्म, कर्म गर्ने इच्छा, तत्परतामा रूपान्तरण गर्दछ । यो कुरा तपाईँहरू सबै वैज्ञानिकहरुले पुष्टि गर्नुभयो र गर्दै आउनुभएको छ जसमा तपाईँहरू निरन्तर लागिपर्नु भएको छ । तपाईँहरु सम्मिलित विज्ञानको यस कसरतले छिट्टै पूर्ण सफलता पाओस् । अनि छिट्टै नयाँ बिहानीको सुरुवात होओस् जसले सबै प्राणी जगतको मुहारमा खुसी अनि उमङ्ग ल्याओस् । तपाईँ हामीहरू सबैले निर्धक्क रूपमा यो श्वासन सिन्ड्रोम रहित श्वास फेर्न सकौँ, सबैको जय होस्।धन्यवाद।

[email protected]