हुन्डी नगरौं ! नेपालमा पैसा पठाउने कम्पनी अष्ट्रेलियामा दर्ता भए नभएको यसरी चेक गर्नुहोस् !

नेपालमा चाडवाड आउँदैछ । तपाईं पनि नेपालका आफन्तहरुलाई केही रकम पठाउँदै हुनुहुन्छ होला । तर, फेरि हुन्डीको नाममा ठगिने काम गर्नुहोस् । जहिल्यै अष्ट्रेलियाको मा दर्ता भएका रेमिट कम्पनीबाट मात्र कारोबार गर्नुहोस् ।

भाईवर ग्रुप या फेसबुकका ग्रुपहरुमा बढी रेट देखेकै आधारमा कारोबार गर्दा तपाईंको पनि हालत यी ठगिएका व्यक्तिहरुको जस्तै हुनसक्छ । पढ्नुहोस् पुरानो न्यूज –

फेबुकका पेजहरुमा, ग्रुपहरुमा वा भाईवरका ग्रुपहरुमा तपाईंले अनगिन्ती कम्पनीको नाम सुन्नुभएको होला । देख्नुभएको होला । ति कम्पनी अष्ट्रेलियाको नियम अनुसार दर्ता भएर रेमिटेन्स कारोबार गर्नका लागि अनुमति प्राप्त हुन् वा होइनन ?

रेमिट कम्पनी अष्ट्रेलियाको नियमनकारी निकायमा दर्ता भएका छन् वा छैनन् ? यहाँ जाँच गर्नुहोस् – क्लीक गरिसकेपछि तपाईंले पैसा पठाउन खोजेको कम्पनीको नाम बक्समा सर्च गर्नुहोस् । यदि त्यो कम्पनी दर्ता छ भने यहाँ देखाउनेछ अन्यथा सावधान बन्नु आवश्यक छ –

https://online.austrac.gov.au/ao/public/rsregister.seam