न्याभकप क्रिकेटका तीन खेलमा हिमालयन, ईस्टर्न वारियर्स र सगरमाथा क्लब विजयी


RGIT_CRICKETनेप्लीज एशोसिएसन अफ भिक्टोरियाको आयोजनामा मेलबर्नमा सुरु भएको न्याभकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो साताको खेलमा द हिमालयन क्लबले सगरमाथा क्रिकेट क्लबलाई पराजित गर्न सफल भएको छ । यस्तै अर्को खेलमा ईस्टर्न वारियर्सले ब्रोन्सविक ब्लूजलाई पराजित गरेको छ भने सगरमाथा क्रिकेट क्लब ए ले नेपालय क्रिकेट क्लबलाई पराजित गरेको छ । तीनवटा खेलमा म्यान अफ द म्याच क्रमशः हिमालयन क्लबका सुनम गौचन, ईस्टर्न वारियर्सका कुन्दन कार्की र सगरमाथा क्लबका आसुतोष काफ्ले बनेका छन् । आइतबारबाट सुरु भएको प्रतियोगिता आगामी १५ मार्चसम्म चल्नेछ भने हरेक साता आइतबार खेल खेलाइने आयोजक संस्थााले जनाएको छ । यस प्रतियोगितालाई रोयल गोर्खा ईन्ष्टिच्युट अफ टेक्नोलोजीले प्रायोजन गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]