बेलायती लाहुरे हुँ भन्दै युवती फकाउने सुनार पक्राउ


handआपूmलाई बेलायती सेनाको जागिरे बताउँदै सोझासिधा युवतीलाई विवाह गर्ने प्रलोभन देखाउँंदै ठगी गर्र्ने साजन घले (गुरुङ) भन्ने प्रेमबहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । स्याङ्जा जिल्लाको कोल्मा–४ घर भएका सुनारले पोखरेली साजन गुरुङ नामको फेसबुक आइडी बनाई फेसबुक प्रोफाइलमा बेलायती सैन्य पोसाक लगाएको तस्बिर राखेका थिए । पूर्व घर कास्की जिल्लाको घान्द्रुक भई हाल पोखरा–१० घलेचोकमा बस्दै आएको भन्दै उनले युवतीलाई विवाह गर्ने र विवाहपछि बेलायत लैजाने प्रलोभन दिने गरेका थिए । अभियुक्तले युवतीका अस्मितामा खेलवाड गर्ने र स्वयम्बरमा माइती पक्षका गरगहना लगाउन मिल्दैन गरगहना सबै घर पक्षबाट लगाउने हो भनी महिलाले लगाएका सुनका गरगहनासमेत खोल्न लगाई लुटी बेसहारा बनाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले कास्कीलगायत पर्वत, स्याङ्जा, बुटवल र चितवनका युवतीलाई समेत ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले सुनारविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]