सांस्कृतिक महोत्सवमा चौध अञ्चलका कलाकारद्वारा नाच प्रस्तुत, ‘राष्ट्रिय सांस्कृतिक महोत्सव–२०७१ सम्पन्न


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????सांस्कृतिक संस्थानअन्र्तगतको राष्ट्रिय नाचघरले नेपालको कला संस्कृतिलाई विश्वमाझ परिचित गराउने उद्देश्यले ‘राष्ट्रिय सांस्कृतिक महोत्सव–२०७१’ को आयोजना गरेको छ । बसन्तपुर डबलीमा आयोजित उक्त महोत्सवमा चौध अञ्चलका सांस्कृतिक टोलीले १४ वटा विभिन्न नाच प्रस्तुत गरेका थिए । आयोजक टोली सांस्कृतिक संस्थानले राष्ट्रिय गीत (पूर्वमा घर पश्चिम…..) प्रस्तुत गरेपछि सुरु भएको सांस्कृतिक कार्यक्रममा बागमतीका कलाकारले धिमे, बाँसुरी, मादललगायतका वाद्यवादनबाट धुन, मेची अञ्चलका कलाकारले साकेला नाच, कोसी अञ्चलका कलाकारले कुलुङको चाल शिल (भूमि पूजा) नाच, सगरमाथा अञ्चलका कलाकारले सेब्रु नाच प्रस्तुत गरेका थिए । यसैगरी नारायणी, जनकपुर, लुम्बिनी, भेरी, गण्डकी, धवलागिरि, कर्णाली, राप्ती, सेती र महाकालीका कलाकारले क्रमशः चेपाङ, डोम कच, खुडा नृत्य, झ्याउरे, नचरी, हुड्ङकेली, झुम्रा, पुतला र छलिया नृत्यु प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सयभन्दा बढी भाषाभाषी र संस्कृति भएको हाम्रो मुलुक संस्कृतिको क्षेत्रमा विश्वमै धनी रहेको बताउँदै यसको प्रचारप्रसार र विकासका लागि सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । कार्यक्रममा संस्थानका अध्यक्ष पूर्णचन्द्र भट्टराई, महाप्रबन्धक शालिकराम तिमिल्सेना र प्रभाकरदेव शर्माले गाउँगाउँमा रहेको संस्कृतिलाई प्रस्फूटन गर्न र यहाँको संस्कृतिको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]