शीर्ष नेताहरुबीच भएका वार्ताले सहमतिका लागि आशा जगाएको भट्टराईको भनाई, सहमति प्रयास जारी


????????????संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकमा समितिका सभापति डा बाबुराम भट्टराईले नयाँ संविधानका विवादित विषय सुल्झाउन भएका प्रयासबारे जानकारी गराउनुभयो । बैठकमा सभापति भट्टराईले प्रतावित नयाँ संविधानका अन्तरवस्तुमा देखिएको विवादलाई सकारात्मक रुपमा लैजाने क्रममा शीर्ष नेताहरुबीच हालसम्म भएका वार्ताले सहमतिका लागि आशा जगाएको जानकारी गराउनुभएको थियो । बैठकपछि सभापति डा भट्टराईले हालसम्म भएको औपचारिक÷अनौपचारिक वार्ताको विघटन र प्रगतिबारे बैठकलाई जानकारी गराएको बताउनुभयो । उहाँका अनुसार समितिको अर्को बैठक आज सोमबार दिनको ३ बजे बस्ने छ । रासस

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]