नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको न्यूसाउथवेल्स तदर्थ कमिटी गठन


IMG_5656एमाओवादी निकट नेपाली जनप्रगतिशील मञ्च, अष्ट्रेलियाले न्यू साउथवेल्स राज्यस्तरीय तदर्थ कमिटी गठन गरेको छ । आइतबार एसफिल्ड पार्कमा आयोजना गरिएको भेलाबाट यस्तो कमिटी गठन गरिएको हो । नवगठित कमिटीको चुन्ना क्षेत्री संयोजक तोकिएका छन् । यस्तै उपसंयोजकमा शिव श्रेष्ठ, सदस्यहरुमा लालप्रभात पण्डित, धर्मराज अधिकारी, गम्भीर सापकोटा, हेमन्त घिमिरे, विष्णु सिलवाल रहेका छन् । केही सदस्य संयोजकले पछि थप्ने व्यवस्था पनि गरिएको छ । यसैगरी कमिटीको सल्लाहकारमा डा. कृष्ण श्रेष्ठ, गुरामणि बेल्बासे र सीपी मैनाली रहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]