चितवनमा बोक्सीको आरोपमा मारिएकी महिलाको कथामा बन्यो रक्तभोग


raktabhogचितवनको माडीमा दुई वर्षअघि कथित बोक्सी आरोपमा मारिएकी ढेगनीदेवी महत्तोको घटनामा आधारित चलचित्र निर्माण भएको छ । करुणा फिल्मस प्रालिको ब्यानरमा रामचन्द्र लम्सालले उक्त घटनामा आधारित चलचित्र ‘रक्तभोग’ बनाउनुभएको हो ।  भरतपुरमा पत्रकार सम्मेलन गरी उक्त चलचित्रबारे जानकारी गराइएको हो । यो सामाजिक कुरितीविरुद्धको चलचित्र भएकाले र सत्य घटनामा आधारित चलचित्र भएकाले सन्देशमुलक भएको निर्माता लम्सालले जानकारी दिनुभयो । उक्त चलचित्र प्रदर्शन हुनअघि नै विभिन्न देशबाट माग आएकाले धेरै भाषामा निर्माण गर्न लागिएको लम्सालले बताउनुभयो । एक घन्टाको चलचित्र रक्तभोग चितवनको माडीस्थित साविक बघौडा गाविस वडा नम्बर २ को एक गाउँमा २०६८ साल फागुन ५ गते भएको घटनामा आधारित छ । उक्त घटनामा स्थानीय ढेगनीदेवी महत्तोलाई कथित बोक्सीको आरोपमा आफ्नै नातेदारले सामूहिक रूपमा कुटपिट गरी जिउँदै जलाएर मारेका थिए । दोषीहरू हाल जिल्ला कारागारमा जेलजीवन बिताइरहेका छन् । झाँक्रीले पोलेकाले उनलाई बोक्सीको आरोपमा मारिएको भन्दै त्यसको नियन्त्रणका लागि लाग्नुपर्ने सन्देश चलचित्रमा रहेको छ । करिब रु ३० लाखको लागतमा निर्माण भएको चलचित्रमा ढेगनीदेवीको भूमिकामा कलाकार सारिका घिमिरे रहेकी छिन् । उनको छोराको भूमिकामा बालकलाकार भुवन नेपाली रहेका छन् । यस्तै अन्य कलाकारमा रचना पौडेल, प्रकाश आचार्य, पोधराज पौडेललगायत छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]